शनिबार , जेठ १, २०७८

कोरोनाको त्रासमा कालो बजारी

कोरोनाको त्रासमा कालो बजारी

सम्पादकीय

२७ फागुन, काठमाडौं । मुलुकमा जब संकट निम्तिन्छ त्यसको सामना गर्न समुच्च राष्ट्र एकजूट हुनेगर्छ । न त्यहाँ कुनै वादले काम गर्छ, न कुनै जात वा धर्मको दरकार पर्छ । आसन्न संकटबाट पार पाउन सबैको एकै उद्येश्य र लक्ष्य हुन्छ । यो विश्वव्यापी रुपमा स्वीकार्य सर्वमान्य सिद्धान्त नै हो । यस्तै संकट अहिले संसारभर फैलिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नोबेल कोरना भाइरसले विश्वका चारहजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । चीनको बुहानबाट फैलिएको यो भाइरस अहिले संसारका एक सयभन्दा बढी देशमा फैलिएको छ । इटाली र इरानमा पछिल्लो पटक आतंक फैलिएको छ । यसको सामना गर्न सबै एकजुट भएका छन् ।

नेपालमा समेत यसको त्रास फैलिएको छ । अहिलेसम्म केवल नेपालमा एकजनालाई मात्र कोरोना भाइरसको संक्रमण फेला परेको छ । त्यो पनि अहिले निको भइसकेको अवस्था छ । त्यसैले धेरै आत्तिनु पर्ने अवस्था नरहेपनि सचेत हुनुपर्ने चाहीँ पक्कै पर्छ ।

राष्ट्रिय विपतका बेला सबैले सहयोग गर्ने मान्यतालाई नेपालमा ठीक उल्टो ढंगले लिने गरिन्छ । संकटलाई व्यापारी भने कमाउने अवसरका रुपमा लिने गर्छन् । जब संकट आइपर्छ, नेपालमा काला बजारियाको बिगबिगी नै हुनेगर्छ । अहिले कोरोना संत्रासका बेला व्यापारीले त्यस्तै व्यवहार सुरु गरेका छन् ।

बजारमा दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव सुरु भएको छ । सरकार सबै ठीक छ भन्छ, तर बजारमा केही पाइन्न । पाइहाले पनि दोब्बर मूल्य तिर्नुपर्ने वाध्यता छ । जनताले बजारमा हरेक सामानको नयाँ मूल्यसूची देख्न पाएको अवस्था छ । खाद्यान्न मात्र होइन, औषधि र ग्याँसको कृत्रिम अभाव जताततै छ । १० रुपियाँ पर्ने मास्क अहिले हाक्काहाक्की ५० रुपियाँमा बिक्री भइरहेको छ ।

जसले गर्दा नेपालको अर्थतन्त्र नै डामाडोल हुने अवस्थाको चित्रण भइरहेको छ । नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन व्यावसाय चौपट भइसकेको छ । मुख्य पर्यटकीय क्षेत्र सुनसान छन् । बुकिङ भएका होटलको अकुपेसन धमाधम रद्ध भइरहेको अवस्था छ । धेरै नेपाली युवा काम गर्न जाने श्रम मुलुकहरुले नेपालीलाई प्रवेश निषेध गरेको छ । जसले गर्दा नेपाल भित्रने रेमिटेन्स अब घट्ने निश्चित छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पर्ने छ ।

संकटका बेला व्यापारीले पनि मानवीय मूल्य मान्यतालाई अंगिकार गर्नु पर्छ भन्ने चेत कहिले आउला ? चारबर्ष अघिको अवस्था अहिले नेपाली उपभोक्ताले बेहोर्न थालेका छन् । भूइँचालोपछि भारतले लगाएको नाकाबन्दीका बेला एक सिलिण्डर ग्यासँ लिन मानिसले उठाएको कष्ट अहिले दोहरिन थालेको छ । अगुुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भने जसरी नागरिक चाहिने भन्दा बढी जोहो गर्न हतारिएका छन् ।

अनावश्यक रुपमा उपभोग्य सामग्री थुपार्ने होडबाजी नै सुरु भएको छ । त्यसैको फाइदा व्यापारीले उठाएका हुन् । यस्तो अवस्था आउनुमा सरकारको लाचारी र गैरजिम्मेवारी नै मुख्य कारण हो । सरकारप्रति जनताको भरोशा शुन्यमा छ ।

सरकारले कृत्रिम अभाव देखाएर बढी मूल्य असुल्ने व्यापारीलाई कारबाही गर्ने त भनिरहेको छ । तर व्यवहारमा भने नागरिकले त्यस्तो अनुभूति गर्न पाएका छैनन् । एक दुईवटा व्यापारीलाई कारबाही गर्न सक्यो भने बजार आफैं सही बाटोमा लम्कन्छ । केही मानिस खटाएर अनुगमन गर्ने सरकारी शैली आफैंमा दोषपूर्ण छ, अहिले संकटको घडीमा जनशक्ति थपेर भएपनि अनुगमन बढाइनु पर्छ ।

जनप्रतिनिधि र टोल विकास समिति जस्ता संयन्त्रलाई अनुगमन प्रकृयामा समेट्न सकियो भने मात्र प्रभावकारी परिणाम आउन सक्छ । संकटका बेला उपभोक्ता लुट्ने व्यापारीलाई कडा सजाय दिन सकियो भने धेरै हदसम्म यो समस्याले पार पाउन सक्छ ।

कोरोना भाइरसले नेपालमा प्रत्यक्ष असर नगरे देखिएपनि यसको दीर्घकालिन प्रभाव अवश्य पर्ने छ । जसले गर्दा नेपालको अर्थतन्त्र नै डामाडोल हुने अवस्थाको चित्रण भइरहेको छ । नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन व्यवसाय चौपट भइसकेको छ । मुख्य पर्यटकीय क्षेत्र सुनसान छन् ।

बुकिङ भएका होटलको अकुपेशन धमाधम रद्ध भइरहेको अवस्था छ । धेरै नेपाली युवा काम गर्न जाने श्रम मुलुकहरुले नेपालीलाई प्रवेश निषेध गरेको छ । जसले गर्दा नेपाल भित्रने रेमिटेन्स अब घट्ने निश्चित छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पर्ने छ । आगामी दिन नेपाली अर्थतन्त्रले ठूलै समस्या भोग्नुपर्ने देखिन्छ । त्यसैले अहिलेको महासंकटको घडीमा सबै एकजूट भएर सामना गर्नुको विकल्प छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना कहरबाट २०२१ मा एक करोड ३० लाखले रोजगारी गुमाउने प्रक्षेपण कोरोना कहरबाट २०२१ मा एक करोड ३० लाखले रोजगारी गुमाउने प्रक्षेपण २ हप्ता पहिले
जनकपुरधाममा आइसोलेशन केन्द्र सञ्चालन जनकपुरधाममा आइसोलेशन केन्द्र सञ्चालन २ हप्ता पहिले
नेपाल दूरसञ्चारसहित नौ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, प्रतिशेयरमूल्य कुनको कति ? नेपाल दूरसञ्चारसहित नौ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, प्रतिशेयरमूल्य कुनको कति ? ५ दिन पहिले
केन्द्रीय बैंकले बैंक तथा वित्त कम्पनीको मुद्दती निक्षेपमा २० करोड लगानी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्त कम्पनीको मुद्दती निक्षेपमा २० करोड लगानी गर्दै १ हप्ता पहिले
आज बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै आज बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै ४ हप्ता पहिले
सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न थापाको निर्देशन सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न थापाको निर्देशन ३ हप्ता पहिले
सिन्धुपाल्चोकमा कोरोनाबाट एकको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ संक्रमित सिन्धुपाल्चोकमा कोरोनाबाट एकको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ संक्रमित २ हप्ता पहिले
एकैदिन ८० आरोहीले गरे सगरमाथामा आरोहण एकैदिन ८० आरोहीले गरे सगरमाथामा आरोहण ४ दिन पहिले