शनिबार , जेठ १, २०७८

आजबाट नेपाल एयरलाइन्सको दोहा उडान रद्द 

आजबाट नेपाल एयरलाइन्सको दोहा उडान रद्द 

२७ फागुन काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यससँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान रद्द गरेको हो । नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका अनुसार २६ फागुन २०७६ र भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।

टिकटको उडानको मिति २ पटक सम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल एयरलाइन्सले दोहामा दैनिक एक उडान गरिरहेको थियो । यसअघि दोहामा अर्को नेपाली कम्पनी हिमालय एयरलाइइन्सले समेत उडान रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय