स्याङ्जामा मास्कको अभाव, कालोबजारी देखिएन
नेपालबहस संवाददाता
फागुन २७, २०७६ बुधबार २:५३:९
कोरोना सम्वन्धि सचेतना र अनुगमन
२७ फागुन स्याङ्जा । कोरोना भाईरसका कारण औषधी पसलमा कालोबजारी बढेको खबरहरु आउन थालेपछि स्याङ्जामा पनि अनुगमन थालिएको छ । हरेक स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले चनाखो रहन र चासो राख्न निर्देशन दिए अनुसार औषधी पसलहरुमा अनुगमन थालिएको हो ।
सोमवार वालिङ नगरपालिकाले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थासँगै औषधी पसलहरुमा अनुगमनसँगै सचेतना गराइएको छ । वालिङ नगरका नगरप्रमुख दीलिपप्रताप खाँणको नेतृत्वमा खटिएको टोलीले औषधी पसलमा औषधीको अभाव, मास्कको अवस्था लगायतका बारेमा अनुगमन र सचेतना गराइएको थियो ।
कोरोना भाइरसको जोखिमबाट बच्न मास्कको प्रयोग गर्ने स्वास्थ्य संस्थाको अनुरोधसँगै मास्कमा देखिएको कालोबजारी र अवस्थाको बारेमा अनुगमन थालिएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए । नेपाल उच्चजोखिममा बताइएपनि आत्तिहाल्नु पर्ने अवस्था छैन तर सावधानी भने रहनु आवश्यक छ, स्वास्थ्य प्रमुख पाण्डेले भने,“सबै औषधी पसलहरुलाई चेकजाँच गर्न आउने बिरामीको कोरोनासँग सम्वन्धित ३ ओटा कार्डिनल साईन छुट्टाउन आग्रह गरेका छौं ।” उच्च ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएका विरामी आएमा तुरुन्तै स्वास्थ्य संस्था अथवा स्वास्थ्यकर्मीलाई भेट्न सुझाव दिने भनेर सम्झाएका छौं ,उनले भने ।
वालिङ नगरपालिकामा मास्क लगायत अन्य औषधीमा कालोबजारी नदेखिएको र मास्कको अभाव भने रहेको पाइएको पाण्डेले बताए । ज्वरो, रुघाखोकी लागिहालेमा आत्तिहाल्नु पर्ने अवस्था छैन पाण्डेले भने,“मौसम परिवर्तनका समस्या हुनसक्छन् ।” कोरोनाको ख्याल गर्दै नगरस्तरीय सबै स्वास्थ्य चौकीलाई तयारी अवस्थामा राखेका छौं उनले भने । वालिङ नगरपालिका भित्र रहेका सबै स्वास्थ्यकर्मीहरुलाई जनताको स्वास्थ्यमा खेलवाड नगर्न वालिङ नगर प्रमुख तथा विपद व्यवस्थापन समितिका संयोजक खाँणले आग्रह गरेका छन् ।
वालिङ भित्र रहेका स्वास्थ्य चौकी होस् वा औषधी पसलमा चेकजाँच गर्न आउने विरामीको ठेगाना र फोन नम्वर राखेर त्यसको डाटा नगर शाखाले संकलन गर्न प्रमुख खाँणले शाखा प्रमुखलाई निर्देशन दिएका छन् । अनुगमनमा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, इलाका प्रशासन वालिङका प्रमुख दामोदर शर्मा, वडा प्रहरी कार्यालयका प्रमुख निरन्जन घिमिरे लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
अबैध ओसापसारबाट पनि विभिन्न खालका रोगहरु भित्रने भएकाले सबै ठाँउमा चेकजाँचलाई कडाई गरिएको वडा प्रहरी कार्यालयका प्रमुख घिमिरेले बताए । सबैको सुरक्षामा प्रहरी सदैव साथमा छ, प्रहरी निरिक्षक घिमिरेले भने,“कुनै स्वास्थ्यमा अफठ्यारो वा कुनै अबैध धन्दा गरेको थाहा पाएमा तुरुन्त खबर गर्नुहोला ।” यस्तो विपतमा कसैले कालोबजारी नगर्न र गरेको थाहा हुन आएमा कानुनी दायरमा ल्याउने छौं, उनले भने ।
औषधी पसल संचालकहरुले भने मास्कनै नपाइएको बताएका छन् । ११ स्थानीय तह मध्ये सोमवारबाट वालिङले अनुगमन र सचेतनाको अभियान सुरु गरेको छ भने अन्य स्थानीय तहले पनि तयारी थालेको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार