सूर्यविनायक नगरपालिका–७ हात्तीगौँडामा कभर्डहल निर्माण हुने
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १५:१३:३७
२८ फागुन भक्तपुर । वाग्मती प्रदेश सरकारको ‘एक स्थानीय तह एक कभर्डहल’ कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ हात्तीगौँडामा कभर्डहल निर्माण हुने भएको छ ।
प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतको विशेष पहलमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोलीले कभर्डहल निर्माण क्षेत्रको मङ्गलबार स्थलगत अध्ययन तथा निरीक्षण गरेका छन् ।
सो अवसरमा मन्त्री दुलालले कवर्डहल निर्माणको योजना तत्काल कार्यान्वयनमा ल्याउने उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा भक्तपुर वाग्मती प्रदेशको लागि मात्र नभई सिङ्गो मुलुकको लागि नै मार्गदर्शक भएको बताए । उनले प्रदेश सरकारले भक्तपुरको कुनै पनि जनमुखी योजनालाई यो वा त्यो बहानामा रोक्ने नभई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।
सांसद बस्नेतले कवर्डहल निर्माणस्थलका बारेमा मन्त्री दुलाललाई जानकारी गराउँदै भक्तपुरमा जनमुखी योजना निर्माणलाई विशेष प्राथमिकता दिन प्रदेश सरकारसंग आग्रह गरे ।
हात्तीगौँडामै सांसद बस्नेतले क्षेत्र विकास कोष ‘सांसद कोष’बाट रु ५० लाखको लागतमा फुटसललगायत विभिन्न खेलकूद क्षेत्र निर्माणको लागि शिलान्यास गरेका हुन् । उक्त स्थानलाई पर्यटकीयस्थल तथा खेलकूद क्षेत्रको हबको रुपमा विकास गर्ने लक्ष्यका साथ सांसद बस्नेतले अघिल्लो वर्ष सांसद कोष तथा नगरपालिकाको साझेदारीमा फुटसनको निर्माण सम्पन्न भइसकेको छ ।
सांसद बस्नेतले भक्तपुरको आर्थिक समृद्धिको आधारको रुपमा खेलकूद क्षेत्रलाई विकास गर्ने लक्ष्यका साथ आफूले विभिन्न योजना ल्याएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार