टुटल र पठाओको सेवामा फेरि प्रतिबन्ध !
कुसुम सेञ्चुरी
फागुन २८, २०७६ बुधबार १९:३:५
२८ फागुन, काठमाडौं । निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन भाडामा प्रयोग गर्न नपाइने भन्दै यातायात व्यवस्था विभागले हिजो साँझ सार्वजनिक सूचना निकालेपछि मोबाइल एपमार्फत् बुकिङ गरेर मोटरसाइकलमा यात्रु बोक्ने टुटल र पठाओ सेवामा प्रतिबन्ध लाग्ने भएको छ ।
विभागले विभिन्न प्रयोजनमा दर्ता भएका निजी सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको हो ।ट्याक्सी व्यवसायी तथा चालकले मंगलबार दिउँसो टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग घेराउ गरेका थिए । ट्याक्सी चालकहरुको दवावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।
विभागको सूचनामा कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जानकारी दिएसंगै यसको पक्ष तथा विपक्षमा टिका टिप्पणी हुन थालेको छ ।काठमाडौंबासीहरु बीच लोकप्रिय रहेको टुटल र पठाओ सेवाले हजारौंलाई रोजगारी समेत प्रदान गरेको छ । ट्याक्सी चालकहरुको ठगी र बद्मासीबिरुद्ध आजित भएका उपभोक्ता विश्वभर मै लोकप्रिय रहेको यस्तो सेवा नेपालका लागि भने नयाँ हो ।
सरकारले एघार महिनाअघि पनि यस्तै निर्णय गर्दा जनस्तरबाट सामाजिक सञ्जालमार्फत त्यसको धेरै आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । तर ११ महिनापश्चात् पुनः यातायात व्यवस्था विभागले सूचना निकालेर एउटा प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अर्को प्रयोजनमा प्रयोग भए कानुन अनुसार कारबाही गरिने जनाएसंगै टुटल र पठाओ प्रयोग गर्ने अधिकांशले यो सेवा निरन्तर संचालन हुनुपर्ने अडान राखेका छन् ।
टुटल र पठाओको नाममा उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन गरिएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । टुटल तथा पठाओका सञ्चालकहरुले सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न जारी गरेको सुचना व्यावहारिक र समयसापेक्ष नभएको बताएका छन् ।
पछिल्लो समय धेरैले ट्याक्सीको सट्टा टुटल, पठाओजस्ता सेवा प्रयोग गर्दै आइरहेका छन् । सजिलो,सस्तो र छिटो माध्यम नै टुटल, पठाओ सबैको रोजाइ बनेको छ । त्यसैले नेपालमा अहिले अधिकांश व्यक्तिहरू टुटल, पठाओजस्ता सेवाप्रदायकसँग आबद्ध रहेका छन् र उनीहरूमार्फत् धेरै यात्रुले आनन्दको सेवा लिइरहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार