टोखा नगरपालिका साक्षर घोषणा
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार २०:१६:२४
२८ फागुन, काठमाडौं । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो ।
कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । सीपमूलक शिक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल आधार बन्नसक्ने उनको भनाइ थियो । सोही क्षेत्रका सांसदसमेत रहेका उनले नगरपालिकाको भवन निर्माणसँगै छरिएको ठाउँबाट दिँदै आएको सेवा एकै ठाउँबाट दिने हुँदा सेवाग्राहीलाई सहज हुने बताए ।
“भवनको सही सदुपयोग गरी गुणस्तरीय सेवा र सेवाको स्तरलाई बढाउँदै लानुपर्छ”, रक्षामन्त्रीसमेत रहेका उनले भने । सेवामा पारदर्शी भएमात्र टोखाको विकास हुने उनको भनाइ थियो । नगर प्रमुख प्रकाश अधिकारीले भवन समयभित्र सक्नका लागि नगरपालिकाले काम गर्ने बताए । नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुुसार कक्षा सञ्चालन गरेको उनको भनाइ थियो ।
नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले भ्याटबाहेक रु १२ करोड लगानीमा नगरपालिकाको भवन निर्माण गर्न लागेको जानकारी दिए । सात तलाको नयाँ बन्ने भवन डेढ वर्षमा सम्पन्न गरिसक्नुपर्नेछ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौँमा रहेका ११ नगरपालिकामध्ये नौ नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेको जानकारी दिए ।
नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र जम्मा ९२ विद्यालय रहेको बताए । कूल ११ वडा रहेको टोखामा १५ देखि ६० वर्ष उमेर समूहका ९८।५४ प्रतिशत जनसङ्ख्या साक्षर रहेको उनको भनाइ थियो । विसं २०६७ मा टोखामा साक्षरताको प्रतिशत जम्मा ७९ प्रतिशत रहेको थियो । सोही अवसरमा साक्षरता बनाउन महत्वपूर्ण भूमिका खेल्ने वैकल्पिक विद्यालयलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार