कोभिड–१९ को प्रभाव खेलकूदमा
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार २१:८:२२
२८ फागुन, काठमाडौं । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् ।
फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय भएको छ । बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल रोकेको हो ।
फिफाको निर्णयसँगै केही दिनअघि मात्रै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि कूद गतिविधिलविश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकूद गतिविधि तत्कालको लागि रोक्यो । एन्फाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनको लागि ठूल ठूला घरेलु प्रतियोगिता एवं अन्तरराष्ट्रिय प्रतियोगिता पनि रोकेको छ ।
फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणसमेत रोकेको थियो । घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो ।
त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा फागुन १८ गतेदेखि प्रशिक्षण शुरु गरेको थियो । त्यस्तै चैत ३ गतेदेखि तय भएको राष्ट्रिय महिला लिग फुटबल पनि हाल नगर्ने गरी रोकिएको छ । सातदोबाटोमा ओलम्पिक छनोटको बन्द प्रशिक्षणको करातेको टोली भने नियमित अभ्यासमा रहेको करातेका मुख्य प्रशिक्षक दिपक श्रेष्ठले बताएका छन् ।
कोरोनाका कारण खेलाडीमा मनोवैज्ञानिक असर परेता पनि प्रशिक्षणमा धेरै भिडभाड नहुने भएकाले प्रशिक्षण यथावत राखेको प्रक्षिशक श्रेष्ठको भनाइ थियो । “अहिले करातेका कुनै प्रतियोगिता नरहेको कारण अभ्यासमा धेरै मानिसको हुलमुल नहुने भएकाले नियमित अभ्यास जारी नै राखेका छौँ”, प्रशिक्षक श्रेष्ठ बताउछन् ।
भलिबलमा भने यसअघि नै बङ्गलादेशमा हुने तय भएको एसियन भलिबल कन्फिडेरेस (एभीसी) भलिबल च्याम्पियनसिप रोकिएको छ । बक्सिङका धेरैजसो प्रतियोगिताहरु रोकिएका छन् ।
कोरोना भाइस कै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ देखि १५ गतेसम्म तय भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) तत्कालका लागि रोकिएको छ । आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने “कोरोनाको त्रासले अहिले इपिएल रोकेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति सार्वजनिक गर्नेछौँ” ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबाहदुर चन्दले तत्कालको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताको खेल तालिका नभएकाले क्रिकेट क्षेत्रमा कोरोना भाइसको खासै असर नपरेको बताएका छन् । उनले इपिएलबाहेक क्रिकेट क्षेत्रमा ठूला अन्तरराष्ट्रिय प्रतियोगिता तत्काललाई नभएकाले कोरोना भाइसले खासै असर नगरेको राससलाई बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार