ड्राइभिङ तालिममा आकर्षण
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार २२:२२:१
२८ फागुन, काठमाडौं । डडेल्धुराका गाउँगाउँमा ग्रामीण सडकको पहुँच बढेसँगै युवाहरुको ड्राइभिङ तालिममा आकर्षण बढ्दै गएको छ । जिल्ला सदरमुकामको उग्रतारा टे«निङ सेन्टरमा चालू आर्थिक वर्षको सात महिनामा ४०० युवाले सवारी साधन चलाउने तालिम लिएका छन् ।
लाइसेन्स प्राप्त गरी स्वरोजगार पेशाको सपना बोकेका युवा ड्राइभिङ तालिममा आकर्षित मात्र भएका छैनन्, गाउँगाउँमा सडक पुगेपछि उत्साहित पनि छन् । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रविन्दु डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भए पनि लाइसेन्स वितरण गर्ने काम नहुँदा सीप सिकेका युवा जनशक्ति पलायन भइरहेको भन्दै प्रदेश सरकारलाई अविलम्ब कार्यान्वयन गर्न आफ्ना नगर क्षेत्रका दलित युवालाई तालिम दिइरहेको शिखर नगरपालिका डोटीका नगरप्रमुख सीताराम जोशीले बताए ।
उग्रतारा ड्राइभिङ सेन्टरका सञ्चालक तेजबहादुर ऐरले पहाडी जिल्लालाई लक्षित गरेर झण्डै एक करोडभन्दा बढी निजी लगानीमा निर्माण गरेको ट्रायल सेन्टरबाट प्रमाणपत्र लिने युवा प्रशिक्षार्थीले सवारी चालक अनुमतिपत्रका लागि भने तराईको जिल्ला धनगढी जानुपर्ने बाध्यता रहेको उनले बताए ।
आजसम्म सो सेन्टरबाट गन्यापधुरा गाउँपालिका १७, आलिताल गाउँपालिका १६, अमरगढी नगरपालिका–९ बाट आठ, गैरसरकारी संस्था एनएनएसडब्लुएबाट पाँच, जलाधार कार्यक्रमबाट चार गरी ३५० ले तालिम लिइसकेको ऐरले जानकारी दिए । करिब १०० जनाले धनगढी कैलालीबाट सवारी चालक अनुमतिसमेत लिइसकेको बताइएको छ ।
करिब पाँच वर्षअघि डडेल्धुरामा खुलेको यातायात व्यवस्था सेवा कार्यालयले नवीकरणको काम सेवाग्राहीलाई दिइरहेको छ । चालक अनुमतिपत्रको सुविधा सो कार्यालयलाई सुदूरपश्चिम प्रदेशको सम्बन्धित मन्त्रालयले अख्तियारी नदिँदा र दुई वर्षदेखि प्रक्रियामा रहेपछि तालिम लिने युवा पनि निरुत्साहित भइरहेको अमरगढी नगरपालिका–८ अध्यक्ष नरबहादुर सार्कीले बताए ।
सो टे«निङ सेन्टरबाट डडेल्धुरा तथा डोटीका विभिन्न स्थानीय तहले युवालक्षित कार्यक्रमअन्तर्गत सयभन्दा बढी युवायुवतीलाई स्वरोजगारमूलक एकमहिने र दुईमहिने ड्राइभिङ तालिम दिएको छ । तालिममा दक्ष सवारी चालकका लागि ट्राफिक ज्ञान र आधारभूत मोटर वर्कसपसम्बन्धी विषय पनि समावेश छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार