गण्डकी प्रदेशमा चारको मृत्यु
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बिहिबार १:४४:२५
२८ फागुन, काठमाडौं । गण्डकी प्रदेशमा आज भएका विभिन्न घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार तनहुँ जिल्लामा ट्र्याक्टर दुर्घटनामा दुई र रुखबाट खसेर एकको मृत्यु भएको छ भने गोरखामा एक जना मृतावस्थामा भेटिएका छन् ।
तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ देउतीखोलास्थित पुरानो बस्तीमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखबाट घाँस झार्ने क्रममा अचानक हाँगा भाँचिएर लगभग ३० मिटर तल भुइँमा खस्दा स्थानीयवासी ७० वर्षीय लालबहादुर बोटे साजको मृत्यु भएको हो ।
सोही जिल्लाकै बन्दीपुर गाउँपालिका–५ कोरिकास्थित भित्री सडकखण्डमा बाउनभञ्ज्याङ आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जनाकारी दिए ।
उनका अनुसार ग१त ४८०८ नं को ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्न जाँदा चालक गोरखा पालुङटार–७ च्याङलीका २१ वर्षीय प्रेमकुमार र बन्दीपुर–४ नयाँपुल बस्ने २३ वर्षीय राजकुमार परियारको उपचारका क्रममा लक्ष्मी अस्पताल डुम्रेमा निधन भएको हो ।
गोरखा नगरपालिका–१३ स्थित कुँडुले भन्ने स्थानमा आज बिहान नाम तथा वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा भेटिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार