आज पश्चिममा बादल लागेर हावाहुरीसहित पानी पर्ने
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १४:४४:२९
२९ फागुन काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी शनिबारसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज देशको पश्चिमी क्षेत्रमा बादल लागेर दिउँसो केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
अहिले पश्चिमका धेरैजसो ठाउँ तथा मध्य र पूर्वका पहाडी भेगमा बादल लागेको र पश्चिमका केही ठाउँमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमी बुलेटिन उल्लेख गरिएको छ । यस्तै आज बेलुकी पहाडका केही ठाउँमा हावाहुरी, चट्याङ तथा केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज मौसम खुल्ने र बादल लाग्ने क्रम चलिरहने महाशाखाको अनुमान छ ।
यस्तै शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्नुको साथै पश्चिमका धेरै ठाउँमा हावाहुरी, चट्याङ, असिना तथा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । भोलि मध्य र पूर्वी पहाडका केही ठाउँमा पनि हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
पश्चिमी वायूको प्रभावका कारण केही दिन पश्चिमी तथा मध्य पहाडीका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सजग रहन मौसमविद्ले आग्रह गरेका छन् । आइतबारबाट भने मौसम सफा हुने महाशाखाले अनुमान गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २९ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
फागुन ३० गते (शुक्रबार)
दिउँसोः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
रातीः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
चैत्र ०१ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।
रातीः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी तथा मध्य पहाडी भू-भागका केहि स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार