युवानेता परियारलाई ‘योङ ग्लोबल लिडर्स २०२० अवार्ड’
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १९:०:२२
२९ फागुन, काठमाडौं । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदीप परियारलाई ‘योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ ।
मञ्चका संस्थापक क्लाउस स्वाबले सन् २००४ मा वाइजिएल फोरम स्थापना गर्दै यो अवार्ड शुरु गर्नुभएको हो । विश्वमा बढ्दो जटिलता एवं चुनौती सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो । परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन् ।
मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु¥याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो ।” यसअघि सन् २०१५ मा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले सो अवार्ड प्राप्त गरेका थिए ।
हाल समता फाउन्डेशनका कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्ति निर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीति निर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गर्दै आएका थिए । समता फाउन्डेशन जातीय विभेद तथा सीमान्तकृत समुदायको क्षेत्रमा विशेषज्ञता हासिल गरेको अग्रणी संस्था हो । परियारले यसअघि सन् २०१८ मा एशिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाउउका थिए । परियार सन् २०११ को विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका युथ फेलो पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार