चुरे गाउँपालिकाद्वारा जलीय जैविक विविधता संरक्षण नीति पारित
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार २०:२:४९
२९ फागुन, कैलाली । कैलालीको चुरे गाउँपालिकाद्वारा जलचर एवं जलीय जैविक विविधता संरक्षण नीति पारित गरेको छ । गाउँपालिकाको तेस्रो हिउँदे गाउँसभाले सो नीति पारित गरेको हो । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड क्षेत्रमा पर्ने गाउँपालिकाभित्रका समुदाय तथा जनप्रतिनिधिहरूको रायसुझावलाई समेटेर मस्यौदा तयार गरी जलचर एवं जलीय जैविक विविधता संरक्षण नीति पारित गरेको जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरका अनुसार जलचर एंव जलीय जैविक विविधता संरक्षणको परिभाषा, दण्ड जरिवाना, उत्खनन गर्न पाउनेलगायत विषय समेटिएका छन् । ठूलीगाड नदीमा विषादी तथा विद्युतीय उपकरणको प्रयोग गरी माछा मार्ने अथवा आधुनिक प्रविधिको प्रयोग गरी माछा मार्नेलगायत कुरामा बन्देज लगाइएको छ । विशेषतः माछाहरूले फुल पार्ने मौसम जेठ, असार र साउनमा माछा मार्न पूर्ण बन्देज लगाइने जनाइएको छ ।
माछाले फुल पार्ने मौसममा बल्छीको प्रयोग गरी माछा मार्दा माछाको जनसङ्ख्या घट्नु साथै जथाभावीरूपमा विष प्रयोगले जलचर प्राणीमा प्रत्यक्ष असर पर्ने भएकाले सो नीति लागू गरी संरक्षणको अभियान थालनी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले जानकारी दिएका छन् ।
नीतिमा उत्खननका विषयमा गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेपछि मात्र पाइने उल्लेख गरिए पनि अव्यवस्थित बसोबास तथा जथाभावी भौतिक संरचना निर्माणलाई समेत समेटिएको उनले बताएका छन् ।
ठूलीगाडलगायत कर्णाली नदीमा माछा मार्न विषादी, विद्युतीय उपकरणलगायत प्रयोग गरिँदै आएकामा अब त्यसलाई व्यवस्थित गर्न नीति बनाइएको छ । अव्यवस्थित मानव बस्ती विस्तार, जथाभावी भौतिक संरचना निर्माण गर्नु, उत्खननलगायत कारणले नदीको स्वरूप बिग्रदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।
एक अध्ययनअनुसार महाकालीमा सात तथा कर्णालीमा ६२ जलाधार क्षेत्र रहेका छन् । कर्णाली नदी विश्वमै पाँचौँ सुन्दर स्थानमा पर्ने अध्ययनले देखाएको छ । डोटी र कैलाली सीमा भएर बग्ने ठूलीगाड कर्णालीमा मिसिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार