तीन नेतालाई कारवाही गर्न खोज्दा चौधरीद्वारा राजीनामा
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ०:२१:५३
२९ फाल्गुण, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनभावना अनुरुप चल्न नसकेको आरोप लागिरहेका बेला शीर्षनेता भने निजी इवी साँध्ने दिशामा अग्रसर हुन थालेका छन् । पार्टीको अनुशासन समितिलाई आफ्नो रिस साँध्ने हतियारका रुपमा प्रयोग गर्न नेताहरु एकजुट भएपछि हलचल मच्चिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको निजी स्वार्थ पूरा गर्ने हतियारका रुपमा अनुशासनको डण्डा चलाउने तयारी भएसँगै समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका हुन् । गत चैत ४ गते केन्द्रीय सदस्य भीष्मराज आङदङबेको संयोजकत्वमा गठित अनुशासन समितिमा चौधरी नेता कृष्णप्रसाद सिटौला गुटको नेतृत्व गरिरहेका थिए ।
चौधरीको राजीनामा औपचारिक रुपमा पार्टी केन्द्रीय कार्यालय वा सभापति कहाँ नबुझाइएको भएपनि नेता सिटौलालाई दिइएको स्रोतको भनाई छ । यस सम्बन्धमा चौधरीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । तर विश्वस्त स्रोत भन्छ– पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, डँडेल्धुरा पार्टी सभापति कर्ण मल्ल र कैलाली कांग्रेसका नेता पुष्करनाथ ओझालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न लागिएकोमा आपत्ति जनाउँदै चौधरीले राजीनामा दिएका हुन् ।
गत संसदीय निर्वाचनमा जोशीले नेता पौडेल विरुद्ध उम्मेदवारी दिएको र अन्तर्घात गरेको आरोप लगाइएको छ । यस्तै कर्ण मल्लले सभापति देउवाको आदेश नमानेको आरोप रहेको छ भने ओझाले गत निर्वाचनमा देउवा पत्नी आरजुलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।
नेताहरुको निजी स्वार्थ पूरा गर्ने अस्त्रका रुपमा मात्र अनुशासन समितिलाई दुरुपयोग गर्न खोजिएको भन्दै सिटौलाले नै राजीनामा दिन सुझाएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार