युभेन्ट्सका सुपरस्टार रोनाल्डो क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ४:३:४३
२९ फागुन, एजेन्सी । कोरोना भाइरसको महामारीले विश्वका विभिन्न मुलुक प्रभावित भइरहेका बेला युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।
युभेन्ट्सका रोनाल्डोका सहकर्मी डेनिली रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए ।
इटाली फर्कनुअघि उनले क्वारेन्टाइममा बिताउनु पर्ने भएको हो । आइतबार इन्टर मिलानलाई पराजित गरेपछि डेनिलीले टोलीको सामूहिक तस्बिर सार्वजनिक गरेका थिए । जसमा टोलीका अन्य सदस्यसँगै रोनाल्डो पनि रहेका छन् । डेनिलीसँगै रोनाल्डो र अन्य खेलाडीले एउटै ड्रेसिङ रुम प्रयोग गरेकाले पनि सबै खेलाडीलाई क्वारेन्टाइमा राखिनु पर्ने बताइएको छ ।
कोरानो सुरु भएको चीनपछि सबैभन्दा प्रभावित मुलुक इटाली हो । इटालीमा अहिले ६ करोड भन्दा बढी नागरिकलाई घर बाहिर निस्कन दिइएको छैन । कोरोनाकै कारण सिरिए अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ । रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा महत्वका साथ प्रकाशित गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज चेन्नई र लखनउ खेल्दै
बैशाख ११, २०८१ मंगलबार
नेपाल टूरमा आउने वेस्ट इन्डिज 'ए' टिमको घोषणा, को को परे ?
बैशाख ११, २०८१ मंगलबार
मुम्बईलाई सजिलै हरायो राजस्थानले : सन्दीपले लिए ५ विकेट, जैसवालको शतक
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार