बागतमी सभ्यता एकीकृत विकास समितिले जिम्मा पाएको विष्णुमति करिडोर कालोपत्र नहुँदा समस्या
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २१:४८:१८
३० फागुन, काठमाडौं । सरकारले उपत्यकाका सबै मोटरबाटो चाँडो कालोपत्र गर्न निर्देशन दिए पनि विष्णुमति करिडोरमा भने अहिलेसम्म कालोपत्र हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा गत वर्ष चैतदेखि उपत्यकाभित्रका मुख्य करिडोर खुलाउने काम भए पनि खुलाइएका करिडोर कालोपत्र नहुँदा सवारी ओहोरदोहोरमा समस्या हुँदै गएको छ ।
महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि उपत्यकाको विभिन्न खोला किनारमा करिडोर निर्माण कार्य थालेको थियो । वैशाखमा निर्माण भएको नयाँ बसपार्कस्थित विष्णुमति करिडोर दश महिना पुरा हुँदासम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई समेत धुलोले समस्या हुँदै गएको छ ।
नयाँबसपार्कस्थित मित्रनगर विकास तथा सुधार समितिका उपाध्यक्ष गङ्गा पन्त विष्णुमति करिडोर कालोपत्र नहुँदा नयाँ बसपार्क क्षेत्रका जनता धुलोमा बस्नुपरेको बताउछन् । नयाँ बसपार्क पुलदेखि बालाजू पुलसम्म करिडोर विस्तार भएपनि अहिलेसम्म कालोपत्र भएको छैन । उक्त करिडोर कालोपत्र भए माछापोखरी, बालाजुचोक, बाइपास क्षेत्रको जाममा कमी आउनेछ । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने नयाँ बसपार्क क्षेत्रमा धुलोका कारण यात्रुलाई समेत समस्या हुँदै गएको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर करिडोर कालोपत्र भए सवारी आवतजावतमा सहजता आउने बताउछन् । “करिडोर निर्माणका लागि नयाँ बसपार्कले समेत जग्गा प्रदान गरेको छ”, उनि भन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ करिडोर निर्माणसँगै नयाँ बसपार्क कलङ्की क्षेत्रमा हुने सवारी जाममा कमी आउने बताछन् । “करिडोर कालोपत्रका लागि हामीले बारम्बार सम्बन्धित निकायसँग आग्रह गरिरहेका छौँ”, उनले भने ।
उक्त करिडोर कालोपत्रको जिम्मा बागतमी सभ्यता एकीकृत विकास समितिले पाएको छ । समितिका आयोजना प्रमुख लिला ढकाल उक्त करिडोर चाँडो कालोपत्र गर्न समिति लागिपरेको बताए । “उक्त करिडोर चाँडो सम्पन्न गर्नुपर्छ भन्ने प्रधानमन्त्री कार्यालयको समेत निर्देशन छ, हामी जेठसम्म उक्त करिडोर कालोपत्र गरिसक्छौँ”, उनि भन्छन् । सडक कालोपत्र गर्न ठेकेदार कम्पनीसँग समेत सम्झौता गर्ने चरणमा समिति रहेको उनको भनाइ छ ।
समितिले नयाँ बसपार्कदेखि कालीमाटीसम्मको करिडोर कालोपत्रका लागि रु १२ करोड विनियोजन गरेको छ । उक्त समितिले हाल उपत्यकाका विष्णुमति नदी, नख्खु खोला, धोबी खोला, बल्खु खोला, वाग्मती खोला, हनुमन्ते खोला, मनहरा खोला, कर्मनाश खोला र महादेव खोलाको सभ्यता राख्ने खोलाको किनारामा बाटो निर्माण गर्ने जिम्मा लिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको बढ्दो यातायातसँगै सडक विस्तारलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताए । “टोखा, बानियाटार, नयाँ बसपार्क, बालाजु, शोभा भगवती हुँदै कालीमाटी निस्कने विष्णुमति करिडोर चाँडै निर्माण भए चक्रपथ क्षेत्रको आधा ट्राफिक जाम कम हुन्छ”, उनि भन्छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर झण्डै रु ३६ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार