पूर्व सतकर्ताका लागि ‘आइसोलेसन वार्ड’ स्थापना
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २१:५०:४
मिना कंडेल
३० फागुन, नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा कोरोना भाइसरको संभावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ ।
नेपालमा हालसम्ममा कुनै पनि व्यक्ति कोरोना संक्रमित नभए पनि उच्च सर्तकर्ताका निम्ति जिल्ला अस्पतालले पूर्व सतकर्ताका लागि एक वटा आईसुलेसन वार्ड स्थापना गरेको मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वस्थय निरिक्षक एवमं सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।
आईसुलेसन वार्डमा एउटा मात्रै वेड राखिएको छ । केही दिनमै ३ वटा वेड थप गरिने सुवेदीले बताए । उनले आइसोलेसन कक्षमा आवश्यक पर्ने सबै सामग्रीहरुको व्यवस्था गरिसकेको बताए । कोरोना भाईरसको बारेमा जिल्ला प्रशाासन, जिल्ला अस्पताल र स्थानीय तहहरु बीचमा भएको सर्बपक्षिय बैठक गरी आइसोलेसन कक्ष व्यवस्था गर्न प्रशासनले निर्देशन गरेपछि जिल्ला अस्पतालमा आइसोलेसन स्थापना गरिएको हो ।
अस्पतालले भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत आयोजना गर्दै आएको छ । नवलपुर जिल्ला नेपालको मध्यभागमा पर्ने भएता पनि यहाँ निर्माण भएका ठुला आयोजनाहरुमा चिनियाँ व्यक्तिहरुको उच्च संलग्नता रहेको हुँदा सतर्क रहनुपर्ने सुवेदीको भनाई छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको औषधीको सम्भाब्यता नरहे पनि यसबाट सर्तक रहन सकिने हुँदा भिडभाडमा नजाने, माक्सको प्रयोग गर्ने,तातो चिज खाने र केहि लक्षणहरु देखा पर्नासाथ चिकित्सकको सुझाव लिन आग्रह सुवेदीले आग्रह गरे ।
यसैविच कोरोना भाइरस संक्रमितको उपचार गर्न देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा तिन शैयाको आईसोलसन वार्ड निमार्ण भएको छ । बिश्वब्यापिरुपमा कोरोनाको त्रास बढिरहदा नवलपुरको देवचुली नगरपालिकाले कोरोनाको लक्षण देखिने बिरामी राख्न छुट्टै आईसोलेसन वार्डको निमार्ण गरेको हो ।
स्वास्थ्य केन्द्रको पछाडी रहेको ठूलो भवनको माथिल्लो तलामा वार्डको निमार्ण गरिएको छ । २ वार्डमा ३ वेड सहितको आईसोलेसन कक्ष निमार्ण भएको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर बिद्या भुसालले जानकारी दिए ।
स्वास्थ्य केन्द्रमा तत्कालकालागि ३ वेड रहेपनि आवश्यकता अनुशार धेरै बिरामी राख्न सकिने गरि ब्यवस्थापन गरिएको छ । स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई समेत अस्पताल प्रवेश गर्नुअघि साबुन पानिले हात धुने ब्यवस्था गरिएको डाक्टर भुसालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार