हिउँदमा महिनैपिच्छे वर्षा, महोत्तरीका किसान हर्षित
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार १८:५६:५९
१ चैत, महोत्तरी । यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका दिन यस भेगमा तीनपटक पानी परेको हो ।
यसपालि हिउँदका पुस, माघ र फागुनमा पानी परेकाले बालीनाली राम्रो हुने किसानको विश्वास छ । हल्का हिउँदे वर्षाले जग्गाको चिस्यान लामो समयसम्म रहने किसान बताउँछन् । साथै उखु, फलफूल र तरकारी बाली हुर्काउन, बढ्न र गाँजिन मद्दत गर्ने किसानको भनाइ छ । यसपालि पुस र माघमा परेको पानीले गहुँ बाली राम्रो फलेको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउछन।
हिउँदे वर्षाले आँप, लिचीसहितका फलमा मज्जर ‘मञ्जरी, फूल’ स्वस्थ्य राख्न, चिचिला राम्रो र भरिलो लाग्न मद्दत गर्ने किसानले बताएका छन् । समय-समयमा भइरहेको वर्षाले आँपमा लागेको मधुवा नियन्त्रणमा पनि मद्दत गरेको गौशाला नगरपालिका–१ का श्याम शाशङ्कर बताउछन ।
शुक्रबारको वर्षाले फागुन मसान्तताका ह्वात्तै बढेको गर्मी घटाएको छ । यद्यपि सडक र ढलका काम राम्ररी नहुँदा जिल्लाका मुख्य सडकसँगै ग्रामीण सडक भने हिलाम्य भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार