नेकपाले सुरु गर्यो पार्टी सुदृढीकरण अभियान
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार १७:१४:२
२ चैत, तनहुँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि शुरु गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई बलियो पार्टीका रूपमा विकास गर्न अभियान सार्थक हुने बताएका छन् ।
उनले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिँदै भने, “साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर पार्टी गठन भएको र यसलाई तल्लो तहसम्म पु¥याएर कार्यकर्ताबीच भावनात्मक सम्बन्ध कायम गर्न अभियानले सहयोग पुग्नेछ ।”
हाल विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम रहेकाले अभियानकै क्रममा सो भाइरसविरुद्ध जनस्तरमा सचेतना कार्यक्रम पनि सञ्चालन हुने पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एकबहादुर राना, आशा कोइरालालगायतले पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियानलाई सार्थक तुल्याउनुपर्नेमा जोड दिनुभयो ।
अभियानअन्तर्गत जिल्लाका स्थानीय तहका ८५ वटामा कार्यक्रम सञ्चालन गरिने पार्टीका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले जानकारी दिएका छन् । उक्त अभियान जेठ मसान्तसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचार–प्रसारसमेत गराइनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार