साहित्य वर्गीय हुनसक्दैन : सिर्जना शाश्वत हुनुपर्छ
Advertisement

२ चैत, पोखरा । नेपाली लेखक सङ्घ कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रका सहभागीले साहित्य वर्गीय हुन नसक्नेमा जोड दिइएका छन् । सङ्घको चौथो अधिवेशन,लेखक वर्ष कृति पुरस्कार (गण्डकी) प्रदान तथा स्रष्टा सम्मान कार्यक्रमका वक्ताले साहित्य सिर्जना सास्वत मूल्यका लागि हुनुपर्ने बताए ।

लेखक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा विष्णुबिभु घिमिरेले सिद्धान्तको पर्खालभित्र बसेर साहित्य लेखन हुन नसक्ने र लेखन क्षेत्रमा नयाँपुस्तालाई अभिप्रेरित गर्दै अघि बढाउन आवश्यकता रहेको बताएका छन् ।

नेपाली लेखक सङ्घका केन्द्रीय महासचिव रत्नमणि नेपालले वर्गीयतामा नभई सास्वत मूल्यका लागि साहित्य लेखन हुनुपर्नेमा जोड दिएका छन् । वरिष्ठ कवि तीर्थ श्रेष्ठले स्वतन्त्रताका अभावमा लेखन हुन नसक्ने र लेखक पार्टी विशेषको भरौटे बन्न नसक्ने धारणा राखे । लेखक फस्टाउनका लागि लेखकीय स्वाभिमान हुनुपर्ने उनले बताएका छन् ।

Advertisement

अर्का साहित्यकार शारदा पौडेलले विसं २००८ मा बिपी कोइरालालगायतका व्यक्तित्वबाट शुरु भएको नेपाली लेखक सङ्घको विशिष्ट गरिमा र महत्व रहेको बताउँदै समग्र नेपाली साहित्यको उत्थानमा यसको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष गणेश शर्माले सङ्घको कास्की शाखाले गण्डकी क्षेत्रका लेखन प्रतिभालाई अभिप्रेरित गर्ने उद्देश्यका साथ यसै वर्षदेखि लेखक वर्ष कृति पुरस्कार प्रदान गर्न लागेको जानकारी दिए । उक्त पुरस्कारका लागि रु पाँच लाखभन्दा बढीको अक्षयकोष सञ्चालनमा आइसकेको उनले बताएका छन् ।

सो अवसरमा दिव्याञ्जली उपन्यासका लेखक सरोज अर्याललाई लेखक वर्ष कृति पुरस्कार (गण्डकी) बाट पुरस्कृत गरियो । उनलाई रु २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै कवि तेजनाथ घिमिरेलाई सम्मानपत्रबाट स्रष्टा सम्मान गरिएको थियो ।

अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल ‘अथक’, सहसचिवमा सञ्जय न्यौपाने र कोषाध्यक्षमा मेघनाथ आचार्य भएका छन् । समितिका सदस्यमा भरत पोखरेल (अञ्जान), शिवराम पौडेल (जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह रहेका छन् ।

Advertisement
अघिल्लो लेखप्रदेश सभाद्वारा सुशासन कायम गर्न जनलोकपाल ऐन सर्वसम्मति पारित
अर्को लेखनागार्जुन र कास्कीबाट १४ जुवाडे पक्राउ
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्