गैरीधाराबाट दिउँसै ल्यापटपसहित २ लाख चोरी
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार १९:२१:५४
२ चैत काठमाडौं । काठमाडौं महानगरपालिका-१ गैरीधारा डेरा गरी बस्ने चिनियाँ नागरिक २७ वर्षीय याङ्चावाको कोठाबाट नगद २० हजार रुपैयाँ र ल्यापटप १ थान समेत गरी करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, मकवानपुरको हेडौंडा उपमहानगरपालिका-१९ बाट नवलपरासी गैंडाकोट नगरपालिका-५ बस्ने ३५ वर्षीय कृष्ण रसैलीलाई अवैध रुपमा लिएर हिँडेको चाँदीका विभिन्न तयारी गहना करिब ३ किलो ६० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा शंकास्पद रुपमा हिँडिरहेका कृष्णको साथबाट ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदी फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता, काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई हाल भक्तपुर दुवाकोट बस्ने २५ वर्षीय भिम बहादुर तामाङलाई YUEPENG GOLD 1 KILO FINE GOLD 999.9Y.185267 लेखिएको सुन जस्तो देखिने पहेलो धातु १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित शंकास्पद अवस्थामा हिँडिरहेका तामाङको साथमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार