पूर्वसांसद शेर्माको निधनमा शोक प्रस्ताव पारित
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २३:७:२५
२ चैत, काठमामडौं । राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद पूर्णकुमार शेर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेकाे शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिएकाे हो ।
पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य शेर्माको गत बुधबार निधन भएको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए ।
विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए । उनले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।
विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्मा जिल्ला सभापतिमा निर्वाचित भएका थिए । शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ३ गते अपराह्न १ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार