व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन स्थगित
नेपालबहस संवाददाता
चैत २, २०७६ सोमबार ०:४८:५१
२ चैत, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको यही चैत १४ मा हुने भनिएको दोस्रो राष्ट्रिय महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासङ्घको आज केन्द्रीय कार्यालय सुन्धारामा बसेको सचिवालय बैठकले विश्वभर फैलँदै गएको कोभिड–१९ (कोरोना भाइरस)लाई दृष्टिगत गर्दै महाधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति भने अर्को बैठकले तय गर्नेछ ।
कोरोना भाइरसको कारण देखाउँदै बजारमा उपभोग्य सामग्रीको अभाव हुँदै गएको भन्दै अभाव गराउने उद्योगी व्यवसायीलाई कारवाही गर्ने बैठकले निर्णय गरेको छ । बैठकले बजारमा माक्सको अभाव हुँदै गएको भन्दै सामान उत्पादन गर्ने गार्मेन्ट उद्योगलाई माक्सको समेत उत्पादन गरी आम उपभोक्तामाझ पु¥याउन आग्रह गरेको छ । व्यवसायीसँग प्रशस्त सामान भएकाले तत्कालका लागि सामग्रीको अभाव नहुने महासङ्घका अध्यक्ष नरेश कटुवाल बताउछन् ।
बैठकले हात नमिलाई नमस्कार गर्न, माक्सको प्रयोग गर्न, राम्रोसँग साबुन पानीले हात धोएरमात्र खानेकुरा खान, सफा होटेलमा खानेकुरा खान, मासुजन्य पदार्थ राम्रोसँग पकाएरमात्र खान सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । विसं २०७४ मा स्थापना भएको महासङ्घमा हाल देशभरका २० भन्दा बढी सङ्घ आबद्ध रहेका छन् । महासङ्घले उद्योगी व्यवसायीको हकहितका लागि विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार