नेकपाका वडा अध्यक्षबिरुद्ध जनता आक्रोशित
नेपालबहस संवाददाता
चैत २, २०७६ सोमबार १:३९:३
२ चैत्र, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ३ मा आफूले भोट हालेर जिताएको जनप्रतिनिधिविरुद्ध नै आमजनताहरु विरोधमा उर्लिएका छन् ।
सोही वडाको दाहालचौर भन्ने स्थानमा सयौंको संख्यामा उपस्थित स्थानीयबासीहरुले नेकपाबाट विजयी वडा अध्यक्ष रामशरण हुँमागाईमाथि आक्रोश पोखेका हुन् । जनसंख्याको हिसाबले १५०० भन्दा बढी भोटर भएको दाहालचौरमा भन्दा जम्मा २०० भोटर भएका भेडाबारी भन्ने स्थानमा वडा नं. ३ को वडा कार्यालय स्थापना गर्न नगरपालिकाले टेन्डर आह्वान गरेपछि विवाद उत्पन्न भएको हो ।
पटक पटक नगरपालिकामा ज्ञापनपत्र बुझाउँदा पनि नगरपालिकाले आश्वासन मात्र दिएको र पछिल्लो समय टेन्डर नै आह्वान गरेर जनगुनासोको वेवास्ता गरेकाले स्थानीयहरुले वडा कार्यालयमा धर्नासमेत दिएका थिए । सोही क्रममा कांग्रेसका कार्यकर्ताले वडा कार्यालय लुटपाट गरे भनेर झुट्टा हल्लासमेत सञ्चार माध्यममा फैलाइएको स्थानीय रामहरी दाहालले बताए ।
अशक्त बालबालिका र वृद्धहरुलाई वडा कार्यालय धाउन असहज हुने र धाएर जाँदा समेत वडा अध्यक्ष कार्यालयमै नभेटिने भएपछि भुगोल र जनसंख्याको हिसाबले वडा कार्यालय सबैलाई शुलभ पर्ने स्थानमा राख्न हामीले विरोध गरेका हौं– स्थानीय एक महिलाले बताईन् । पहिला गाविस हुँदा गाविस कार्यालय स्थानीय दाहाल चौरमै भएको र पछि वडा ३ र ४ को संयुक्त वडा कार्यालय भकुण्डेबेसी मै रहँदा समेत हामी सबैलाई सहज थियो। अहिले वडाको पल्लो कुनामा लगेर वडा कार्यालय राखेपछि बाटोघाटो नै छैन कसरी पुग्नु ? हिडेर जाँदा कम्तिमा २ घण्टा लाग्छ नगए पनि सुख्खै छैन, स्थानीयहरु आफ्नो पिडा सुनाउँछन्।
पटक पटक विवादमा पर्दै आएको नमोबुद्ध नगरपालिका पछिल्लो समय अख्तियारको समेत फन्दामा परेको थियो तर अख्तियारले अनुसन्धान फितलो गरेको भन्दै यतिबेला सम्रग नगरबासी चिन्तित देखिन्छन् । जनताको भोटले जनप्रतिनिधि बनेकाहरुले वडाको समस्या आफ्नै राहेवरमा समाधान गर्नुपर्नेमा वेवास्ता गर्दै उल्टै नगरबासीले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत उपथित हुन् मानेनन् । नमोबुद्ध नगरपालिकाको यस कार्यप्रति सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यानाकर्षण होस् भन्ने स्थानीय जनताले पुकार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार