५० प्रतिशत अनुदानमा ३२ किसानलाई हातेट्याक्टर
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार १९:१८:४४
३ चैत, स्याङ्जा । भीरकोटको नगरपालिकालाई प्रविधियुक्त कृषि प्रणाली शुरु गर्न किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको छ । ५० प्रतिशत नगरपालिकाले र ५० प्रतिशत किसानले व्योहोर्ने गरी नगरपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।
३२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको भीरकोट नगर प्रमुख छाँयाराम खनालले बताए । कृषिमा काम गर्ने जनशक्तिको अभाव हुनथाल्यो नगर प्रमुख खनालले भने,“किसानको लागि हातेट्याक्टर बहुउपयोगी देखिएकोले यो अभियान शुरु गरेका हौं ।” व्यवसायीक खेती गरेर कृषिमा आत्मनिर्भर बनाउन हाते ट्याक्टरको सदुपयोग गरौ उनले भने । भीरकोट कृषिको पकेट क्षेत्र भएकाले किसानलाई सहजता होस भन्ने उदेश्यले नगरपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको खनालले बताए ।
तपाईहरु उत्पादन गर्नुहोस खनालले भने,“बजारको व्यवस्था नगरपालिकाले गर्छ ।” कृर्षि उपज उत्पादनको बजार पाइएन भनेर निरासा हुने अवस्था छैन उनले भने । नगरपालिकाले किसानले उत्पादन गरेको बस्तु आफैले बेच्न पाउने व्यवस्था सहित हरेक शुक्रवार हाट बजार नै संचालनमा ल्याएको छ । किसान आफैले उत्पादनको विक्रि वितरण गर्ने व्यवस्था मिलाएपछि कृर्षि उपजमा विचौलीयाको व्यवसायीमा धक्का पुग्ने काम भएको छ ।
विचौलीयाका कारण किसानले उत्पादन गरेको कृषि उपजको मुल्य पाएका थिएनन् । भीरकोटका गाँऊका सवै खेतवारी बाँझो नराख्न भीरकोट उपप्रमुख सिमा केसी कर्माचार्यले बताईन् । हाते ट्याक्टरको उच्चतम प्रयोग गरी उव्जनीलाई बढाउन उनले किसानहरुलाई आग्रह गरिन् । नगरपालिका जहिले पनि काम गर्ने किसानको पक्षमा रहने केसीको भनाई थियो ।
भीरकोट नगरपालिकाले कृर्षि र पर्यटन क्षेत्रमा लगानी गरी यहाँका नागरिकलाई आयआर्जन गर्ने अभियानको थालनी गर्दै आएको छ । पर्यटकीय सम्भावना र कृषिको सम्भावना भएको भीरकोटमा दुवै क्षेत्रलाई समेटेर कार्ययोजना सहित अगाडी बढेमा स्याङ्जाका ११ स्थानीयतह मध्ये यो नगरपालिका अगाडी रहने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार