भारतले सीमा वन्द गरेपछि बजार सुनसान
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार १९:२४:२३
३ चैत, इलाम । सीमावर्ती बजार पशुपतिनगर यतिबेला सुनसान भएको छ । कोरोना भाइरसको त्रासले भारतसँग सीमा गाँसिएको बजार सुनसान भएको हो । बङ्गाली पर्यटकको घुइँचो लाग्ने पशुपतिनगर बजारमा हाल पर्यटकहरु आवतजावत गर्न छाडेका छन् ।
प्रायः पसलका सटरहरु पनि बन्द नै हुने गरेका छन् । कोभिड–१९ को प्रकोप फैलन सक्ने भन्दै भारतको पश्चिम बङ्गाल सरकारले सीमामा ‘सिल’ गरेपछि इलामका सीमावर्ती बजारहरु सुनसान भएका हुन् । भारतीय पर्यटकको भीड लाग्ने पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, जौबारी, सन्दकपुरलगायत सीमावर्ती बजार र पर्यटकीयस्थल प्रायः सुनसान भएका हुन् ।
भारत सरकारले आइतबार साँझसम्ममा नेपाल प्रवेश गरेका भारतीय र भारत प्रवेश गरेका नेपालीलाई आ–आफ्नो देश फर्कन निर्देशन दिएपछि पशुपतिनगर नाकाबाट आफ्ना घर फर्कन थालेका छन् । पशुपतिनगर नाका भएर भारत गएका पर्यटकलाई भने झापा काँकडभिट्टा नाकाबाट पठाउने भारतीय अधिकारीले जनाएका छन् ।
पशुपतिनगरका नेपाल प्रहरी प्रमुख रमेश राईले नेपालतर्फ सुरक्षित अवस्था रहे पनि उच्च सजगता अपनाइएको छ । अहिलेसम्म सात भारतीय नागरिकमा उच्च ज्वरो आएको देखिएकाले भारततिरै फर्काइएको छ । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको सहायता कक्ष ‘हेल्प डेस्क’मा परीक्षण गराउँदा उनीहरुमा १०४ डिग्रीभन्दा माथि ज्वरो देखिएको थियो ।
पशुपतिनगरमा स्थापना गरिएको हेल्प डेस्कमा फागुन २२ गतेबाट हालसम्म सात हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको नगरपालिका प्रमुख रणबहादुर राईले बताएका छन् । भारत प्रवेश गर्नेको भारततर्फ नै स्वास्थ्य जाँच गरिँदै आइएको छ । नेपाल प्रवेश गर्नेको नेपालतर्फ स्वास्थ्य जाँच गरिँदै आएको छ ।
दुवै देशको सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको सीमा क्षेत्रमा नगरपालिकाले पशुपतिनगर स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको स्वास्थ्य टोली आकस्मिक सेवा दिने गरी तयारी अवस्थामा राखेको छ । त्रासकै कारण भए पनि बजार सुनसान बन्दा पसलको बैंकमा किस्ता तिर्न समस्या परेको व्यापारीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' टिमको लगेज लोड गरेको गाडीको तस्बिर बन्यो भाइरल, क्यानको तीव्र आलोचना !
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार