सुदूरपश्चिममा वैज्ञानिक वन अनुगमन : व्यवस्थापमा कमजोरी
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २०:१९:६
३ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनको स्थलगत अनुगमन गरिएको छ । वन व्यवस्थापन लागू भएका वन क्षेत्रमा वैज्ञानिक वनको अवधारणाअनुसार सो सम्बन्धी काम भइरहेको छ कि छैन भन्ने उद्देश्यले सो समितिले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले पारदर्शीता, इमान्दारिता र दिगोपनाको अवधारणाअनुसार वन व्यवस्थापनको काम गर्न निर्देशन दिएको जनाइएको छ । समितिका सभापति हर्कबहादुर कुवँरले वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनमा वैज्ञानिक वनको अवधारणाअनुसार काम भइरहेको पाइएको बताएका छन् । उनले कैलाली र कञ्चनपुरमा तीन दिन लगाएर वैज्ञानिक वन लागू भएका क्षेत्रमा गएर समितिले स्थलगत अनुगमन गरेको बताएका छन् ।
अनुगमनका क्रममा केही वनमा व्यवस्थापनको कमजोरी देखिएको बताउँदै कुवँरले भने, “धेरै जसो वनमा वैज्ञानिक वनको अवधारणाअनुसार संरक्षण भइरहेको पाइएको छ ।” उपभोक्ताले वनको आम्दानीबाट बाटो, पुल, विद्यालय, खानेपानी, आयआर्जनलगायत विकास निर्माणका क्षेत्रमा लगानी गरेको जनाइएको छ । सङ्घीय सरकारको नीतिअनुरुप लागू भएको वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई प्रदेश सरकारले सघाउने समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार