केही समालिएको बजारमा माथिल्लो दिशा समाउने सम्भावना कति ?
आर्थिक संवाददाता
चैत ३, २०७६ सोमबार २३:२७:३१
३ चैत्र , काठमाडौं । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचक ३ दशमलव ३५ अंकले वृद्धि हुँदा दोश्रो बजारका लगानीकर्तालाई केही राहत भएको छ । आक्रामक रुपमा घटिरहेको बजारमा आज भने हरियो देख्दा लगानीकर्ता निकै खुशी थिए। दोश्रो बजार शुन्य दशमलव २६ प्रतिशतले वृद्धि हुँदा १ अर्ब ६१ करोड बराबरको शेयर कारोवार भएको छ । दोश्रो बजार १३१६ दशमलव ३९ को विन्दुमा बन्द भएको छ ।
बजारले ११ बजेर २६ मिनेटमा १२९१ दशमलव ६८ को न्यून विन्दु समातेको थियो भने बजारले २ बजेर १४ मिनेटमा १३३४ दशमलव १२ को उच्च विन्दु समातेको थियो । हिजो भन्दा आज बजारले सकारात्मक प्रवित्ति समातेको देखिन्छ। आज बजारको इण्ट्राडे चार्टले पनि थोरै भए पनि सकारात्मक देखाएको देखिन्छ । तर आक्रामक बजार वृद्धि हुने सिग्नल भने आज पूर्ण रुपमा देखिएको छैन।
आज होटल, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसुचकमा मात्र गिरावट देखिएको थियो । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा शुन्य दशमलव १ प्रतिशतको वृद्धि आएको छ । आज लघुवित्त उपसुचकमा १ दशमलव ०९ प्रतिशतको सर्वाधिक वृद्धि देखिएको छ।
हेरौं आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १३३४ पहिलो टेवा : १३०४
- घट्दो प्रवृत्तिमा रहेको बजारमा आज विक्रेताको चाप कमजोर रहेको देखिन्छ।
- आजको मैनबत्तीले “डोजी” चित्र बनाएको छ। यसले बजारमा आपूर्ती र माग लगभग बराबर अवस्थामा रहेको जानकारी गराउँदछ।
- दैनिकी अवधिमा “आरएसआई” ४० दशमलब ३२ को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा विक्रीकर्ताकोे चाप रहेको जानकारी गराएको छ।
- “एडिएक्स” तथा जोड-बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म विक्रेताको चाप रहेको जानकारी गरेको छ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने जानकारी गराए पनि बजारको प्रवृत्तिले समर्थन गरेको देखिन्दैन।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३३४ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३०४ को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार