वन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २३:०:४२
३ चैत, विराटनगर । ‘प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक, २०७६’ माथिको सैद्धान्तिक छलफल आज देखि शुरु भएको छ । प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य अम्बिका थापाले विधेयकले सामुदायिक वन, धार्मिक वन, कबुलियत वन र निजी वनको विकासका लागि ऐनमा स्पष्टरूपमा आउनुपर्ने भन्दै वनको सीमाङ्कन स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको कुन हो स्पष्ट हुनुपर्ने बताएका छन् ।
उनले वन विनाश गरी कसुर गर्ने मानिसलाई दण्ड र सजायको व्यवस्थालाई कडाइ गर्नुपर्ने भन्दै विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमा लैजानुपर्ने माग गरेका छन् । सदस्य उत्तमकुमार बस्नेतले भौगोलिक विविधतालाई ऐनले स्पष्ट गर्नुपर्छ भन्दै वनको प्रयोग र भावी पुस्ताका लागि जोगाउन विधेयकमा नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए ।
अर्का सदस्य सूर्यराज राईले वैज्ञानिक वनका नाममा वन विनाश भइरहेको छ भन्दै वनलाई तीन तहमा राख्दा प्रदेश वनको अधिकार कमजोर हुन नदिन विधेयकमाथि दफावार छलफल हुुनुपर्ने माग गरेका छन् । प्रहरीले कोरोना भाइरसलाई रोक्न नसक्ने प्रदेशसभाको बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्य केदार कार्कीले कोरोना भाइरसबाट जोगाउन प्रदेश सरकारको तयारी कमजोर रहेको टिप्पणी गरे ।
उनले प्रदेश सरकारले कोशी अस्पतालमा आइसोलेसनको व्यवस्था भएको जानकारी दिएको तर अस्पतालमा आइसोलेसनको व्यवस्था नरहेको भन्दै नेपाल भारतको सीमा जोगवनीमा प्रहरी पोशाकमा राखेका प्रहरीहरुबाट कोरोनाबाट जोगाउन नसकिने र यसका लागि दक्ष जनशक्ति एवं उपकरण र सामग्रीको व्यवस्था हुनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सदस्य बलबहादुर साम्सोहाङले नेपालमा भ्रष्टाचारीलाई फूलको माला लगाउनाले भ्रष्टाचार बढेको टिप्पणी गर्दै प्रदेश सरकारले सार्वजनिक खरिद ऐनअनुसार काम गर्नुपर्ने धारणा राखे ।
सदस्य वसन्तकुमार बानियाँले कृषि प्रधान देश भएर पनि खाद्यान्न आयात गर्नु दुःखद हो भन्दै झापामा अहिले लगाइएको चैते धान र मकै बालीका लागि रासायनिक मलको अभाव रहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले झापाको दक्षिणी क्षेत्रमा जङ्गली हात्तीले अन्नपात र बाली नोक्सान गरिरहेकाले यसबाट जोगाउन विद्युतीय तारवार हुनुपर्ने माग गरे । प्रदेशसभाको अर्को बैठक चैत ५ गते बुधबार दिनको १ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार
आज देशमा लोकतन्त्र आएको १८ वर्ष पुग्यो
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार