गोदावरीमा लक्षित वर्ग पोषण अभिवृद्धि कार्यक्रम शुरु
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २३:२०:११
३ चैत, ललितपुर । गोदावरीकी सरिता सिलवाल हाल २९ वर्षकी भईन् । उनी अहिले पाँच महिनाकी गर्भवती छीन् । उनले दोस्रो पटक जन्म दिन लागेकी हुन् । उनी यस पटक अच्चममा परेकी छन् । गोदावरी नगरपालिका हाल वडा नं. ३ साविकको गोदावरीले लक्षित वर्गको पोषण अभिवृद्धि कार्यक्रम शुरुआत गरेसँगै उनी र उनीजस्ता महिलाका लागि यस वर्षदेखि धमाधम चना र अण्डा वितरण गर्न शुरु गरिएको हो ।
सरिताको गर्भ पाँच महिना लागेकाले उनले भर्खरै वडाबाट एक क्रेट अण्डा पाएकी छन् । अण्डा लिँदै उनले भने, “आर्थिक अवस्था कमजोर भएका महिलाका लागि वडाले प्रभावकारी काम गरिरहेको छ । यस्तो राम्रो कार्यक्रम आजभन्दा पहिले मैले कहीँकतै र कहिलै पनि सुनेको थिइन् ।” वडाले पहिलो पटक गर्भवती महिला र सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखी यस कार्यक्रम अघि बढाएको हो ।
अर्की २५ वर्षीया सीता सिलवाल अहिले पाँच महिनाको गर्भवती छीन् । उनले पनि सरिताले जस्तै वडाबाट एक क्रेट अण्डा पोषणका लागि पाएकी छीन्। उनीले हातमा अण्डाको क्रेट थाप्दै भन्छीन्, “वडाले हामीजस्ता महिलाको स्वास्थ्यलाई ध्यानमा राखी अघि बढाएको कार्यक्रमले परिवारमासमेत थप सचेतना बढेको छ ।”
गोदावरी घर भएकी २७ वर्षीया विनु सिलवाल हाल आठ महिनाको गर्भवती छीन् । उनी गर्भवती भएको यो दोस्रो पटक हो । आफू गर्भवती रहेका कारण सरिता र सीताजस्तै उनीले पनि वडाबाट भर्खरै एक किलो चना पाइन् । विगतमा गर्भवतीका लागि यस्तो कुनै पनि कार्यक्रम नरहेकाले घरका परिवारसमेत अच्चममा परेको उनले बताएकी छन् ।
उनले भने, “वडाले मात्रै हैन नगरपालिकाभरिका सबै गर्भवती महिलाले यस्तो कार्यक्रममा भाग लिन पाउनु पर्नेछ । आफूलाई वडाले दिएको सुविधा अतुल्नीय छ । आफूले पाएको चनालाई उमारेर यसको दैनिक रस खानेछु । वडाले यस काम अघि बढाएसँगै हरेक घरका गर्भवती र सुत्केरीलाई पोषणको मात्र पुग्नुपर्छ भन्ने चेतना पनि बढेको छ ।” वडाले यस्तो सहयोगी कार्यक्रम गर्भवती महिलाका लागि हरेक महिना गरिदिए हुन्थ्यो भन्ने सिलवालको मत छ ।
वडाले आफ्ना नगरपालिकाभित्र रहेका गर्भवतीलाई चार चरणमा यस्तो सहयोग प्रदान गर्दै आएको छ । वडाले ‘फोर भिजिट’ कार्यक्रमअन्तर्गत चार महिनाका गर्भवतीलाई एक क्रेट अण्डा । छ, आठ र नौ महिनाको महिलालाई एक–एक किलो चना प्रदान गर्न शुरु गरेको वडा नं ३ की वरिष्ठ अनमी निरीक्षक माया भण्डारीले जानकारी दिएकी छन् । उनले भने, “महिलाको मृत्युदर घटाउन र यहाँको स्वास्थ्य संस्थामा हरेक महिना नियमित जाँच गर्न आउने वातावरण सिर्जन गर्न यसले ठूलो सहयोग गर्नेछ ।” उक्त कार्यक्रम वडाका महिलाको स्वास्थ्य अवस्था सहजै थाहा पाउन सकिने सिलवालले बताएका छन् ।
वडाले आफ्नो क्षेत्रको शिशु कक्षमा बच्चा जन्माउने महिलाका लागि थप एक किलो चना दिने घोषणासमेत गरेको छ । नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेसँगै आफूहरुले यस कार्यक्रमलाई अघि बढाएको वडा नं. ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताएका छन् । उनले भने, “हाम्रो वडाका महिला यस कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुशी देखिन्छन् ।” वडा नं ३ बाट शुरु भएको यो कार्यक्रम विस्तारै अन्य वडामा पनि लागू गर्ने नगरपालिका उपप्रमुख मुना अधिकारीले जानकारी दिएकी छीन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार