माथिल्लो तामाकोशीको बाँध क्षेत्रको परीक्षण शुरु
नेपालबहस संवाददाता
चैत ३, २०७६ मंगलबार २:३९:१९
३ चैत चरिकोट । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि शुरु गरिएको छ । दोलखाको उत्तरी क्षेत्र लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेसँगै बाँध क्षेत्रको काम सम्पन्न भइसकेको र त्यस क्षेत्रको प्राविधिक रुपमा परीक्षण शुरु गरिएको आयोजनाले जनाएको छ ।
बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि यही चैत २२ गतेसम्म गरिने बताइएको छ । आयोजनाको बाँधक्षेत्र परीक्षणअन्तर्गत इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडबक्र्सका संरचनाको प्राविधिक परीक्षण हुन लागेको आयोजनाले जनाएको छ । विद्युत् क्षेत्रमा विशेष महत्व राखेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजना हालसम्म सम्पन्न भइसक्नुपर्ने भए तापनि विसं २०७२ को विनाशकारी भूकम्पका कारण केही समय ढिला हुनगएको थियो । आयोजनाको बाँध क्षेत्र परीक्षणको अवधिभर नदीको पानी रोक्ने र छाड्ने काम गरी रहनुपर्ने भएका कारण पानीको सतहमा तलमाथि हुने हुँदा तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिगटी बवार, तामाकोशी बजार तथा मन्थलीसम्म पानीको सतह घटबढ हुने हुँदा नदी किनारमा केही गतिविधि नगर्न आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार