असिनाबाट प्रभावित किसानलाई नआत्तिन आग्रह
नेपालबहस संवाददाता
चैत ३, २०७६ मंगलबार २:४५:५५
३ चैत स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले फेदीखोला गाउँपालिकामा असिनापानीले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छिन् ।
मन्त्री अर्यालले आज किसानको खेतबारीमै पुगेर शनिबार राति हावाहुरीसहित आएको असिनापानीले गाउँपालिकामा पु¥याएको क्षतिको निरीक्षण गरेकी हुन् । असिनापानीले ठूलो क्षति पु¥याएको वडा नं ४ को आरुखर्क र २ को कुडुलेमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई घटनाबाट विचलित नहुन आग्रह गरेकी हुन् ।
कृषिका माध्यामबाट समृद्धि ल्याउने योजनाको साथ अगाडि बढेको फेदीखोला गाउँपालिकामा असिनापानीले पु¥याएको क्षतिले आफूलाई दुःखी बनाएको बताउँदै उनले प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगे पनि फेरि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न त्यस क्षेत्रका किसानलाई आग्रह गरिन ।
मन्त्री अर्यालले भनिन, “तपाईहरु कति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस्, राज्यले तपाईहरुलाई सहयोग गर्छ”, मन्त्री अर्यालले भनिन, “क्षतिको पूर्ण विवरण आइसकेपछि सङ्घ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्छ ।”
शनिबार राति परेको असिना पानीले वडा नं १ र वडा नं ४ मा पूर्णरुपमा क्षति पु¥याएको छ भने अन्य वडामा आंशिक क्षति पु¥याएको छ । असिनापानीका कारण टनेल, कुखुराको फार्म, किसानले लगाएको तरकारी टमाटर, साग, काउली, बन्दा, सुन्तलाको रुख, डाले घाँसलगायतमा क्षति पुगेको वडा नं ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार