कोराना फैलिन नदिन विभिन्न देशले अपनाए फरक फरक उपाय
नेपालबहस संवाददाता
चैत ३, २०७६ मंगलबार ३:३८:२
३ चैत्र एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरकफर उपाय अपनाएका छन् । साउदी अरब र संयुक्त अरब इमरेट्स ‘युएई’ले चलचित्रहरु बन्द गराएका छन् । साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द भएको घोषणा गरेका हुन् ।
साउदी अरबमा अहिलेसम्म ११८ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । यसैगरी युएईका अनुसार चलचित्रसहित धेरै भीड हुने ठाउँहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ । उनीहरूले सामाजिक सञ्जाल ट्वाटरमार्फत नाटक घर, खेलमैदान विद्युतीयमाध्यमबाट खेलिने मनोरञ्जन केन्द्र, फिटनेस तथा जीम खाना र स्पा गराउने लगायत बन्द गर्न लगाएको जनाएका छन् ।
यो निर्णय कम्तीमा मार्च महिनाभरि लागू हुने अधिकारीहरु जानकारी दिका छन् । यसै गरी भारतको श्रीनगरमा सार्वजनिक तथा निजी बगैँचा र पार्कहरु बन्द गर्न लगाइएको छ । स्थानीय एक सरकारी अधिकारीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यहीँ निर्णय लागू हुन जनाएका छन् ।
श्रीनगरमा अहिलेसम्म कम्तीमा दुई जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उता अमेरिकाको महत्वपूर्ण शहर न्यूयोर्क पनि सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरिएको छ । न्यूयोर्क सिटीमा मेयर विल डे ब्लासियोले आगामी अप्रिल २० तारिखसम्म नगरअन्तर रहेका सबै सार्वजनिक विद्यालय बन्द गर्न निर्णय जानकारी गराए । उनले अहिले धेरै संवेदनशिल भएकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो निर्णय गर्नु परेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का
बैशाख ११, २०८१ मंगलबार
केजरीवाललाई डाक्टरसँग परामर्श गर्न दिन अदालतको अस्वीकार
बैशाख १०, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिना तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार