म्याग्दी खोला जलविद्युत्मा मलेशियाली कम्पनीकाे लगानी
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १८:४:४७
४ चैत, म्याग्दी । धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रोभिलज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरिद, इञ्जिनीयरिङ, निर्माण र उत्पादन (इपिसिसी) मा सहभागी हुने सम्झौता भएको हो । मलेशियाको सेर्वा दिनामिक होल्डिङ्स बर्हाडको सहायक कम्पनी सेर्वा दिनामिकले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रोभिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेको छ । सेर्वा दिनामिकअन्तर्गतका कम्पनीको समूहमा अन्तर्राष्ट्रिय ऊर्जा सेवा प्रदायक पनि छ जसले विश्वका विभिन्न पाँच क्षेत्रमा इञ्जिनीयरिङ सेवादेखि सञ्चालन तथा मर्मत, खरिद, निर्माण र उत्पादन गर्दै आएको छ ।
दश करोड अमेरिकी डलर लागत अनुमान गरिएको म्याग्दी खोलाको २०७५ असोज पहिलो हप्ता नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । पाँच वर्षमा विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ ।
आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा आठ रुपैयाँ ४० पैसा र वर्षात्मा चार रुपैयाँ ८० पैसाका दरले खरिद गर्नेछ । म्याग्दी खोलामा नदी प्रवाही (आरओआर) आयोजनाको बाँध धौलागिरि गाउँपालिका–४ मुदीको दोभान र विद्युत्गृह बगरको जेल्तलुङमा प्रस्ताव गरिएको छ ।
बाँधसम्म पुग्न कल्लेनीदेखि २४ किलोमिटर पहुँचमार्ग खन्नुपर्छ । अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउराको भिरसम्म पहुँचमार्ग खन्न शुरु गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा निर्माण हुन लागेको सवस्टेशनबाट १३२ केभी प्रसारण लाइनमा जोडिने छ ।
प्राधिकरणले डाँडाखेतमा सवस्टेशनसँगै त्यहाँदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटसम्म प्रसारण लाइन र राहुघाटमा अर्को सवस्टेशन निर्माणको प्रक्रिया अघि बढाएको छ । आयोजनाले पहुँचमार्ग विस्तारपछि साढे तीन वर्षमा आयोजना बनाउन सकिन्छ । आयोजनाले ३३ करोड ५९ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
माथिल्लो अरुण र दुधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ प्रयोग गरिने
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार