आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १८:३८:२५
४ चैत, काठमाडौं । डोटीका नौ महिनादेखि पाँच वर्षसम्मका करिव २४ हजार ५५० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउन अभियान शुरु भएको छ ।
अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेश मलासीले पहिलो चरणमा बोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिका अभियान सञ्चालन हुने जानकारी दिए ।
त्यस्तै चैत्र १६ गतेदेखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी र शिखर नगरपालिका, पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकामा अभियान सञ्चालन हुने जनाइएको छ । कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिएको छ । ढुक्कसाथ आफ्ना बालबालिकालाई खोप लगाउन उनले आग्रह गरे ।
जोरायल गाउँपालिका–५ का लक्ष्मी ओलीले भनिन्, “खोप लगाउँदा बालबालिकाको मृत्यु हुन्छ भन्ने हल्लाका कारण कतिपयले खोप लगाउन मान्दैनन्, गलत हल्ला फैलाउनेलाई कारवाही गर्नुपर्छ ।” जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेका बताइएको छ । बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउनका सम्पूर्ण कर्मचारी आ–आफनो कार्यक्षेत्रमा खटिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कर्मचारी खटिएका छन्, खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने हाम्रो उद्देश्य हो ।”
त्यस्तै डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइने भएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । उक्त अभियानमा नौ जिल्लामा कूल पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार