सभापतिमा दोहोरिन देउवाको जाल
इन्द्र रिजाल
चैत ४, २०७६ मंगलबार २०:५२:३७
४ चैत्र , काठमाडौं । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनले कस्तो नेतृत्व देला ? धेरैको चासो र चिन्ताको विषय बनेको छ । कतिपयले वर्तमान सभापति शेरबहादुर देउवाकै निरन्तरता हुने अनुमान लगाउने गरेका छन् भने कतिले चाहिं अब कांग्रेस जोगाउन नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुने बहस छेडेका छन् ।
कांग्रेसको आगामी नेतृत्व हत्याउन होडबाजी सुरु भइसकेको छ । देउवाका अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र उनकै काकाका छोरा केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि यो दौडमा होमिएका छन् । तर संस्थापन इतर पक्षमा एकजना मात्र उम्मेदवार नभएसम्म देउवालाई चुनौती दिन नसकिने अवस्था सबैलाई ज्ञात छ । त्यसैले अहिल्यै यो समूहबाट को अगाडि बढ्ला भनेर धेरै अनुमान लगाउन मुश्किल देखिन्छ ।
यस्तै गएको महाधिवेशनबाट पार्टीमा तेस्रो धारका रुपमा उदाएको कृष्णप्रसाद सिटौला पक्षको आफ्नै दाउ छ । उनी आफू उम्मेदवार नभएपनि कसलाई सहयोग गर्ने भन्नेमा बढी चिन्तित देखिएका छन् । सिटौलासँग युवा नेताहरु गगन थापा, प्रदीप पौडेल, शिवप्रसाद हुमागाईं उभिएकाले शक्ति बढेको अनुमान लगाउन सकिन्छ । त्यसैले उनको समूहले जसलाई सहयोग र समर्थन गर्छ, उसको पक्षमा जनमत बढ्ने अवस्था छ । त्यसैले उनको रणनीति पनि कोसँग मिल्दा बढी प्राप्ति हुन्छ भन्ने मै केन्द्रित देखिन्छ । तर तीनै पक्षमा देउवा नै शक्तिशाली र रणनीतिक रुपमा चतुर देखिएका छन् । जसरी भएपनि सभापतिमा निरन्तरता पाउनु पर्छ भन्ने एक सूत्रीय अभियानका साथ देउवा साम दाम दण्ड भेद नीति अख्तियार गर्न कस्सिएका छन् ।
ओली र देउवाबीच भएको यसबारेको सहमति अनुसार, राष्ट्रियसभामा सरकारको तर्फबाट गरिने मनोनयन संख्या ३ बाट बढाएर ९ पुर्याउने रहेको छ । बढाइने भनिएको नौ सिटमध्ये देउवालाई ३ सिट दिने । तीन जनालाई राष्ट्रियसभामा लैजान पाउने प्रस्ताव देउवाका निम्ति के खोज्छस् काना आँखो भए जस्तो बनेको छ ।
यहाँ देउवा कार्यकालको समीक्षा गरौं । गत तह्रौं महाधिबेशनबाट सभापति पदमा निर्वाचित देउवाको कार्यकाल ज्यादै विवादित रह्यो । उनको कार्यकालमा पार्टीले हरेक मोर्चामा असफलता मात्रै हात पारेको छ । उनकै नेतृत्वमा कांग्रेस गत निर्वाचनमा होमिएको थियो । तर ए्तिहासिक पराजयको सामना गर्नु प¥यो । संसद्मा कांग्रेसको उपस्थिति लज्जास्पद छ । देउवाले पराजयको जिम्मेवारी लिन मानेनन् । अर्थात, नेतृत्वले पराजयको नैतिक जिम्मेवारीसमेत स्वीकार नगर्दा कांग्रेसप्रतिको आकर्षणमा निराशा आएको छ ।
पार्टीले हरेक मोर्चामा सोचे अनुसारको सफलता प्राप्त गर्न सकेको छैन । तर नेतृत्वमा त्यसको न कुनै चिन्ता छ, न त भावी योजना नै । केवल आफू र आफ्नो गुटको प्रभाव विस्तार गर्न नै होडबाजी चलिरहेको छ । पार्टीलाई यस्तो निरीह बनाउने काम मूलतः नेतृत्वले गरेको हो । अर्थात सभापति देउवा पक्षले पार्टीलाई कुशलतापूर्वक सञ्चालन गर्न नसक्दाको दुष्परिणाम हो । तर यसमा उनको न कुनै पश्चताप छ ,न नयाँ रणनीति नै ।
०७४ को आम निर्वाचन हुँदा प्रधानमन्त्री पदमा देउवा नै थिए । उनको नेतृत्वमा भएको तीनै तहको निर्वाचन परिणाम निराशाजनक आएको थियो । जनताले केपी ओली र पुष्पकमल दाहालको गठबन्धनलाई भारी मत दिएको हो । त्यसैले गर्दा लगभग दुई तिहाईको संख्यामा यो गठबन्धनले सफलता पायो । तर जनमतको कदर गर्न ओली नेतृत्वको सरकार पूर्णतः बिफल भएको छ । जनता नेकपाको विकल्प खोज्दै छन् । तर विपक्षी दल जो वैकल्पिक सरकार दिनुपर्ने हैसियतमा रहनुपर्ने नेपाली कांग्रेस भने निरीह र जुम्सो अवस्थामा देखिएको छ । आखिर किन होला त ? गहिरो अनुसन्धान गर्दा देउवाको अकर्मण्यता र अदूरदर्शिता नै यसको कारक रहेको प्रष्ट हुन्छ । पार्टी सभापति देउवा शक्ति र पदका लागि जस्तोसुकै सम्झौता गर्न पछि पर्दैनन् भन्ने कुराको पुष्ट्याईं धेरै घटनाले गर्छ ।
तर अहिले भने उनको पछिल्लो दुई प्रकरणबारे मात्र यहाँ चर्चा गरौं ।
राष्ट्रिय सभाको मनोनित सदस्य ९ जना बनाउन देउवा र ओली बीच गोप्य सहमति
पहिलो घटना बढो रोचक तर अलोकतान्त्रिक प्रकृत्तिको छ । प्रधानमन्त्री केपी ओलीसँग उनले यस्तो सहमति गरेका रहेछन्, जो प्रजातन्त्रप्रति आस्थावान सबैको शीर निहुराउने खालको छ । अर्थात , राष्ट्रिय सभामा सरकारबाट मनोनयन गर्ने पद संख्या बढाउने सहमति । ओली सम्बद्ध नेकपाको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा सरकारका तर्फबाट मनोनित गर्न निर्देश गरेपछि उनलाई ठूलै सकस भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाएर गौतमलाई ल्याउन दबाब बढ्दा सायद ओलीले यस्तो प्रस्ताव गरेको हुनुपर्छ । पार्टी नेतृत्वले दिएको तनाव शान्त गर्न ओलीले देउवाको साथ र साहारा खोजेकोे बुझियो । ओली र देउवाबीच भएको यसबारेको सहमति अनुसार, राष्ट्रियसभामा सरकारको तर्फबाट गरिने मनोनयन संख्या ३ बाट बढाएर ९ पुर्याउने रहेको छ । बढाइने भनिएको नौ सिटमध्ये देउवालाई ३ सिट दिने । तीन जनालाई राष्ट्रियसभामा लैजान पाउने प्रस्ताव देउवाका निम्ति के खोज्छस् काना आँखो भए जस्तो बनेको छ ।
आगामी महाधिवेशनमा जसरी भएपनि दोस्रो पटक निर्वाचित हुने देउवाको आकांक्षालाई ओली प्रस्ताव बरदान हुनसक्छ ।किनभने तीन जनालाई राष्ट्रियसभामा लैजान सक्दा त्यसको प्रत्यक्षलाभ पुग्ने बुझाई उनको रहेको छ । देउवा पद र पैसाका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् भन्ने कुराको यो उदाहरण आफैमा काफी छ । व्यक्ति वा पार्टीको समस्या फुकाउन संविधान संशोधन जस्तो संवेदनशील काम गर्न उनले सहमति जनाउनु भनेको संविधानलाई कागजको खोस्टो बराबर ठान्नु हो भनेर अथ्र्याउन सकिन्छ ।
देउवा र ओलीबीच भएको यो गोप्य सहमतिको खुलासा स्वयं ओलीले केही दिन अघि मात्रै कांग्रेस नेता डा. शेखर कोइरालालाई गरेका छन् । सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजान निर्देशन दिएपछि ओलीले आफूविरुद्ध घेराबन्दी गरिएको प्रतिक्रिया दिएका हुन् । साथै आफ्नो समस्या बुझिदिन भनेर देउवा विरोधी छवि बनाएका डा. शेखरलाई सरकारी निवासमै बोलाएर दुखेसो पोख्दै वातावरण नबिथोलिदिन आग्रह गरेका थिए ।
महाधिवेशन रोक्न देउवा सूर्यबहादुर थापा पुत्र एवं राप्रपा नेता सुनिलबहादुर थापालाई प्रयोग गर्न खोज्दैछन् । राप्रपासँग असन्तुष्ट थापा लामै समयअघि देखि नेपाली कांग्रेस प्रवेशको तयारीमा छन् । दुई चार चरण वार्ता समेत भइसकेको छ । तर देउवाले भने थापाको कांग्रेस प्रवेशलाई बलियो हतियारका रुपमा प्रयोग गर्न चाहेका छन् ।
देउवाको यो रणनीति पास भयो भने आगामी महाधिवेशनमा बल पुग्ने बुझाई प्रष्ट भएको छ । पार्टी पंक्तिमा उनलाई रोक्न तम्सिएकाहरुले यो प्रकरणलाई कसरी लिन्छन्, त्यो भने हेर्न बाँकी नै छ । देउवालाई अब सभापति बन्नबाट रोक्ने अभियानमा जुटेका युवा तथा प्रभावशाली नेताहरुले यो प्रकरणलाई कसरी लिन्छन् भनेर आगामी दिनमा स्पष्ट गर्लान् नै ।देउवा जसरी भएपनि दोस्रो कार्यकालका लागि सभापति बन्न चाहन्छन् । पार्टीको सभापति पद उनका निम्ति जीवनमरणको विषय बनेको छ । जसरी भएपनि सभापति बन्ने उनको दाउपेचकै परिणति हाे, ओलीसँगको पछिल्लो सम्झौता । कदाचित यति गर्दा पनि सभापति बन्ने सम्भावना देखिएन भने उनी महाधिवेशन नै नगर्ने दाउ खोज्दैछन् ।
यस्तो छ महाधिवेशन रोक्ने अर्को अस्त्र
उनको यो त भयो पहिलो रणनीति । पहिलो रणनीतिले काम गरेन भने उनी नेपाली कांग्रेसको चौधौं महाधिवेशन नै रोक्ने पक्षमा छन् । तर सितिमिति महाधिवेशन रोकिने अवस्था भने छैन । कुनै बहाना बनाउँदासमेत महाधिवेशन रोक्न सक्ने कारण पुष्टी गर्न सक्नेवाला छैनन् । तर कुनै उपाय नलागे उनले धेरैले कल्पनै नगरेको उपाय प्रयोग गर्ने तयारी रहेको देउवा निकट स्रोतको भनाई रहेको छ ।
महाधिवेशन रोक्न देउवा सूर्यबहादुर थापा पुत्र एवं राप्रपा नेता सुनिलबहादुर थापालाई प्रयोग गर्न खोज्दैछन् । राप्रपासँग असन्तुष्ट थापा लामै समयअघि देखि नेपाली कांग्रेस प्रवेशको तयारीमा छन् । दुई चार चरण वार्ता समेत भइसकेको छ । तर देउवाले भने थापाको कांग्रेस प्रवेशलाई बलियो हतियारका रुपमा प्रयोग गर्न चाहेका छन् । देउवाले तयार गरेको रणनीति अनुसार, चौधौं महाधिवेशन रोक्नका लागि थापालाई प्रयोग गर्न सकिन्छ । यसका लागि अबको केही दिनमा थापालगायत विष्णुविक्रम थापा तथा पूर्व राप्रपाका नेता कार्यकर्तासहित पार्टी गठन गर्न लगाउने योजनामा देउवा रहेको स्रोतको दावी छ ।
यसरी गठन भएको थापा नेतृत्वको पार्टीलाई पछि नेपाली कांग्रेसमा प्रवेश गराउने र केही समयका लागि महाधिवेशन टार्ने दाउमा देउवा रहेको बुझिएको छ । दुई पार्टी मर्ज भएपछि पुन सोही मितिबाट पाँच बर्षको अवधि गणना हुने संवैधानिक व्यवस्था रहेको छ । यसरी जालझेल गरेर भएपनि आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा देउवा रहेको बुझिन्छ । तर देउवाको रणनीति अरु कांग्रेसी नेताले सहजै स्वीकार्ने अवस्था पनि देखिंदैन । देउवाले यस्तो रणनीति बनाउने बेला अब घर्किसकेको एकजना केन्द्रीय सदस्यले बताएका छन् । तर देउवा जसरी पनि दोस्रो कार्यकालका लागि सभापति बन्न चाहेको चाहिं प्रष्टै देखिएको उनले स्वीकार गरेका छन् ।
२०४६ सालको परिवर्तनपछिका लामो कालखण्ड नेपाली कांग्रेसकै वरिपरी शासन सत्ता चलेको हो । नेपाली जनताले पटक पटक नेपाली कांग्रेसलाई बहुमत दिएको पनि हो । तर कांग्रेस नेतृत्वले जनभावनाको कदर गर्न चुकेकै हो । परिणामतः गत आम निर्वाचनमा नेपाली कांग्रेसको लज्जास्पद पराजय भयो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार