म्याग्दीमा चौध विद्यार्थी एसइईबाट वञ्चित
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २०:४६:३५
४ चैत, म्याग्दी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीका १४ जना विद्यार्थी सहभागी हुनबाट वञ्चित भएका छन् । कक्षा ९ मा परीक्षा फारम भरेका तर तोकिएको हाजिरी नपुगेका १४ जना विद्यार्थी एसइईमा सहभागी हुनबाट वञ्चित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नौ जना छात्रा र पाँचजना छात्र एसइई परीक्षामा सहभागी हुनका लागि अयोग्य पहिचान भएका एकाइका प्रमुख दलबहादुर थापाले बताएका छन्।
एसइईमा सहभागी हुन कक्षामा ७५ प्रतिशत हाजिर भएको हुनुपर्ने नियम छ । गतवर्ष हाजिरी नपुगेर एसइईमा सहभागी हुन अयोग्य भएका विद्यार्थी सङ्ख्या ३१ जना थिए । विवाह, वैदेशिक रोजगार, पारिवारिक र आर्थिक कारणले पढाइलाई निरन्तरता दिन तथा नियमित विद्यालय आउन नसकेका कारण उनीहरु एसइई परीक्षामा सहभागी हुनबाट वञ्चित भएका हुन् ।
यसवर्ष म्याग्दीका एक हजार ११० जना छात्रा र एक हजार ८७ जना छात्र गरी कूल दुई हजार १९७ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । एक वटा खुल्ला विद्यालयसहित ७१ वटा विद्यालयका विद्यार्थी सहभागी हुदैछन् । हेम मावि शिवाङ, जनप्रिय मावि दरवाङ, मङ्गला मावि बाबियाचौर, धवलागिरि मावि सिङ्गा, बेनी सामुदायिक मावि, प्रकाश मावि, न्यु वेष्ट पोइन्ट आवासीय मावि, मुक्तिधाम मावि र मुक्तिमार्ग माविमा परीक्षा केन्द्र तोकिएको छ ।
बेनी सामुदायिक मावि र न्यु वेष्ट आवासीय माविबाहेकका विद्यालयमा सम्बन्धित विद्यालयका प्रअलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा केन्द्राध्यक्ष नियुक्त गरेर उत्तरपुस्तिका पठाइसकिएको र प्रश्नपत्र पनि आजसम्म परीक्षा केन्द्रमा पु¥याउने तयारी छ ।
यसैगरी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माविको दृष्टिबिहीन स्रोत कक्षाका प्रेम विश्वकर्मा मुक्तिधाम मावि भगवती केन्द्रबाट परीक्षामा सहभागी हुदैछन् । साधारणतर्फ चैत ६ देखि १४ गतेसम्म र प्राविधिकतर्फको १७ गतेसम्म एसइई परीक्षा सञ्चालन हुदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार