कोभिड–१९ : लेकसाइडमा सहायता कक्ष
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २१:२१:३८
४ चैत, काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो । पोखरा महानगरपालिकाले लेकसाइडस्थित बाराहीचोकमा डेस्क स्थापना गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
गुरुङले लेकसाइड पर्यटकको प्रमुख केन्द्र भएकाले स्वास्थ्य सतर्कताका लागि हेल्थ डेस्क राखिएको बताइन् । हेल्थ डेस्कमा कोरोनाको लक्षण, बच्ने उपायलगायतका बारेमा स्वास्थ्यकर्मीसहित सचेतनामूलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । यसअघि पोखरा महानगरले पोखरा विमानस्थलमा पनि डेल्थ डेस्क स्थापना गरिसकेको छ । महानगरका विभिन्न वडामा जनप्रतिनिधि एवं सामाजिक सङ्घ संस्थाले कोरोनाविरुद्धको सचेतना कार्यक्रमलाई तीव्रता दिएका छन् ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेशसभा सदस्यलगायतले पोखरामा विभिन्न स्थानमा सचेतनाका लागि पर्चा पम्लेट वितरण गर्दै स्वास्थ्य सतर्कता अभियानालाई जोड दिँदै आएका छन् ।
प्रदेशका कोभिड सङ्क्रमणको लिइएका परीक्षणमा अहिलेसम्म कसैको पनि सङ्क्रमण भएको नपाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनले कोरोना सङ्क्रमण रोक्न प्रदेशभित्र ८० श्यया आइसोलेसन वार्ड तयार गरिएको र उपचारको तयारीका लागि १२ वठा समिति गठन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार