पहिरो गएको आजको बजारलाई विश्लेषण गर्दा !
आर्थिक संवाददाता
चैत ४, २०७६ मंगलबार २३:२३:२६
४ चैत्र , काठमाडौं । साताको तेश्रो कारोवार दिन नेप्से परिसूचक ४४ दशमलव ३३ अंकले घट्दै दोश्रो बजार १२७२.०६ मा पुगेको छ । पहिरो जाने क्रम जारी नै रहेको छ । आक्रामक रुपमा घटिरहेको बजारमा हिजो केही थोरै अंकको वृद्धि देखिएपनि आज भने दोश्रो बजार ३ दशमलव ३७ प्रतिशतले घट्दा १ अर्ब ४६ करोड बराबरको शेयर कारोवार भएको छ । दोश्रो बजार १२७२ दशमलव ०६ को विन्दुमा बन्द भएको छ । बजारमा आज यत्तिको ठुलो पहिरो जाँदा आज कारोवार रकम भने २ अर्ब मुनी रहेको छ । यसबाट अब आक्रामक रुपमा शेयर बिक्री गर्ने बिक्रीकर्ताको कमी हुँदै गएको देखिन्छ ।
बजारले ११ बजेर ०८ मिनेटमा १३२१ दशमलव ४७ को उच्च विन्दु समातेको थियो भने बजारले २ बजेर ३७ मिनेटमा १२६६ दशमलव ४४ को न्युन विन्दु समातेको थियो ।
आज म्युचुअल फण्ड उपसुचकमा मात्र वृद्धि देखिएको थियो । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा २ दशमलव ८७ प्रतिशतको गिरावट आएको छ । आज ट्रेडिङ्ग उपसुचकमा ६ दशमलव १८ प्रतिशतको सर्वाधिक गिरावट देखिएको छ।
यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ५३ अङ्कले घटेर २७४ दशमलव ५९ मा पुगेको छ । घटेको बजारमा कारोबार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कुल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता शेयर रु एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिदबिक्री भयो ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये सामूहिक लगानी कोषको मूल्य बढेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ० दशमलव ०४ बिन्दुले बढ्दा बैंकिङ ३३ दशमलव १६, व्यापार ४९ दशमलव ४८, होटल ५३ दशमलव ६९, विकास बैंक ५३ दशमलव ६८, जलविद्युत् १२ दशमलव ८८, वित्त २१ दशमलव ९८, निर्जीवन बीमा ३३८ दशमलव ३४, उत्पादन ११५ दशमलव ०८, अन्य १४ दशमलव ७९, लघुवित्त ९३ दशमलव ६ र जीवन बीमा ४२६ दशमलव ४८ अङ्कले घटेका छन् ।
नेप्सेका अनुसार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १० करोड सात लाख एक हजार ९६२, एनएमबी बैंकको रु नौ करोड २४ लाख ७३ हजार ३६९, नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड ४३ लाख ६१ हजार ४६, हिमालयन डिष्टिलरीको रु चार करोड ६७ लाख दुई हजार २२७, नेपाल बैंक लिमिटेडको रु चार करोड २८ लाख ५९ हजार ५०४ र प्रभु बैंकको रु तीन करोड ८५ लाख ६६ हजार ५७३ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो ।
आज सबैभन्दा बढी जोशी हाइड्रोपावर ७ दशमलव ६९, घलेम्दी हाइड्रो ३ दशमलव २८, विशाल बजार कम्पनी १ दशमलव ९९, एनएमबी हाइब्रिड फण्ड–१ १ दशमलव ८४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका शेयरधनीले १ दशमलव ३२ प्रतिशतले कमाए ।
यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयरधनीले १०, नेपाल सेवा लघुवित्त ९ दशमलव ९८, स्वाभिमान लघुवित्त ९ दशमलव ९३, नेपाल इन्स्योरेन्स कम्पनी ९दशमलव ८९, युनाइटेड इन्स्योरेन्स ९ दशमलव ८५, गुराँस लघुवित्त ९ दशमलव ६० र गरिमा विकास लघुवित्तका लगानीकर्ताले ८ दशमलव ७९ प्रतिशतले गुमाए ।
हेरौं आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १२९० पहिलो टेवा : १२६६
- घट्दो प्रवृत्तिमा रहेको बजारमा आज पनि बजार ३ दशमलब ३७ प्रतिशतले घटेको छ।
- आजको मैनबत्तीले “बियरिस मारुबोजु” चित्र बनाएको छ। यसले बजारमा मागभन्दा आपूर्ती बढेको जानकारी गराउँदछ। दैनिकी अवधिमा “आरएसआई” ३६ दशमलब ८० को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा विक्रीकर्ताकोे चाप रहेको जानकारी गराएको छ।
- “एडिएक्स” तथा जोड-बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म विक्रेताको चाप रहेको जानकारी गरेको छ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको जानकारी गराउको छ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १२९० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२६६ को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार