एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १८:२५:२४
५ चैत, काठमाडौं । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले ‘एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी’ गरेको छ । मन्त्रालयले बिना विषादी विभिन्न रोग किरालाई नियन्त्रण गर्न नवीन प्रविधिको प्रदर्शनी गरेको हो ।
जैविक विषादी प्रयोग गरेर रोग किरा नियन्त्रण गर्ने सिकाइ केन्द्रका रूपमा कृषि मन्त्रालयले यो प्रविधियुक्त प्रदर्शनीको स्थापना गरेको कृषि प्राविधिक चक्र राईले जानकारी दिएका छन् । “आइडी नेपाल र सिप्रेड संस्थाको साझेदारीमा एकीकृत शत्रुजीव व्यवस्थापन गर्न यो प्रविधि प्रयोगमा ल्याइएको हो”, प्राविधिक राईले भने “यो शत्रुजीवसँग सम्बन्धित रोग किराका लागि एउटा पासाजस्तै हो ।”
यो प्रविधि अहिले कृषि तथा सहकारी मन्त्रालय र मन्त्रालय मातहतको कार्यालयमा प्रदर्शनी गरिएको मन्त्रालयका कृषि प्रसार अधिकृत (सूचना अधिकारी) धनबहादुर कठायतले बताएका छन् । “मन्त्रालयको अघि प्लाष्टिकको घर निर्माण र मल्चिङ विधिबाट गोलभेँडा, काँक्रो, फर्सी, करेलालगायतका तरकारी लगाइएका छन्”, सूचना अधिकारी कठायतले भने, “यो प्रविधि मूलतः स्थानीय विधिबाट अन्वेषण गरिएको हो ।”
उनले प्रदर्शनीलाई ट्रयाप, डेल्टा, पहेँलो च्यापच्यापे, ल्यूसिन ल्यूमर, साबुनपानी र बिजुली पासोलगायतका विभिन्न प्रविधिको प्रयोग गरिएको बताएका छन् ।
सूचना अधिकारी कठायतका अनुसार रु तीन लाखको लगानीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा एउटा प्लाष्टिक घर र शत्रुजीव व्यवस्थापनका लागि स्थानीय प्रविधियुक्त प्रदर्शनी राखिएको छ भने प्रदेशसभालगायत अन्य मन्त्रालय र प्रदेश सरकार मातहतका कार्यालयमा पनि यो प्रविधि शुरु गरिनेछ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकारको जैविक अभियानलाई सहयोग पु¥याउन यो प्रविधिमा जोड दिइएको बताएका छन् । कर्णाली प्रदेशको आयातलाई प्रतिस्थापन गर्न जैविक खेतीमा जोड दिनुपर्ने भन्दै मन्त्री केसीले भने, “जैविक खेतीले यहाँका नागरिकको जीवन स्वस्थ, सुरक्षित एवं आत्मनिर्भर बनाउन सक्छ । यसलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार