कृत्रिम अभावविरुद्ध सरकारकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २१:२३:५
५ चैत, काठमाडौं । शान्तिका लागि नागरिक समाज कास्की र इन्सेक गण्डकी प्रदेशले कोरोनाको कारण देखाउँदै बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भएको भन्दै विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
विश्वभर फैलिरहेको कोभिड–१९ भाइरसले खडा गरेको सन्त्रासपूर्ण अवस्थामा व्यापारीबाट कृत्रिम अभाव खडा गरी चर्को मूल्य, कालोबजारी, गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरण नगर्न र नगराउन सम्बन्धित सरोकार पक्षको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमार्फत नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
सञ्जालका अध्यक्ष विष्णु बराल र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजारमा केही महिनादेखि चीनको उहान प्रान्तबाट शुरु भएको कोभिड–१९ भाइसको सङ्क्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको जनाएको उल्लेख छ । जनसमुदायमा सन्त्रास फैलिरहेको परिस्थितिको मौका छोपी उपभोक्ताको दैनिक जीवनमा गम्भीर असर पर्ने गरी व्यवसायीबाट उपभोग्य वस्तु खाद्य पदार्थ, ग्यास, औषधिजन्य वस्तुको कृत्रिम अभाव खडा गरी जनतामा थप भय र सन्त्रासको अवस्था सिर्जना गरिएकोप्रति सरकारसमक्ष ध्यानाकर्षण गराएको हो ।
कोरोनाको सङ्क्रमणलाई नेपालमा प्रवेश हुन नदिन, कोही सङ्क्रमणमा परेको अवस्थामा उपचारका लागि स्वास्थ्यसम्बन्धी सबैखाले उपाय अवलम्बन गर्नसमेत आग्रह गरिएको छ । नेपाल सरकारले रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको र स्रोत साधनको कमी देखिएकाले कुनै विपत्ति आउनुपूर्व नै त्यसबारेमा गम्भीररुपमा सोच्नसमेत आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार