पाँचखपनमा आगलागी हुँदा रु आठ लाख क्षति, एक घाइते
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २३:३८:१३
५ चैत, सङ्खुवासभा । पाँचखपन नगरपालिका–८ पोख्राङमा आगलागी हुँदा रु आठ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट पाँचखपन–८ पोख्राङका बृहस्पति गौतमका दुई घर जलेर नष्ट भएको नगरपालिकाका उपप्रमुख भीमादेवी राईले जानकारी दिएका छन् ।
मङ्गलबार राति १० बजे खोले पकाउँदै गरिएको आगो सल्किएर गौतमका घरमा भएका खाद्यान्न, लत्ताकपडा, रु १२ हजार, दुई तोला सुनलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको उपप्रमुख राईले बताएका छन् । राति आगो नियन्त्रण गर्न नसकिएको उनले बताएका छन् । आगलागीबाट रु आठ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीचौकी पाँचखपनले जनाएको छ ।
आगो निभाउने क्रममा पाँचखपन –८ का टङ्कप्रसाद गौतम र छत्रबहादुर दाहाल घाइते भएको वाना प्रहरी चौकीले जनाएको छ । घाइते गौतमलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उपप्रमुख राईले जानकारी दिएका छन् । आगो निभाउने क्रममा गौतमलाई शरीरका विभिन्न भागमा पोलेको स्थानीयवासी अशोक न्यौपानेले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार