अस्पतालमा २७ पद रिक्त, ५८ जना कर्मचारी माग
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २३:४७:५०
५ चैत, वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालले रिक्त रहेका विभिन्न २७ पदका लागि ५८ जना कर्मचारी भर्ना गर्न लागेको छ । फिजिसियन, रेडियोलोजिष्ट, साईक्याट्रिष्ट, प्याथोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत रिक्त रहेका विभिन्न २७ पदमा कर्मचारी भर्नाका लागि अस्पतालले सूचना प्रकाशित गरेको छ ।
चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७६ बमोजिम कर्मचारी भर्ना आह्वान गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायले जानकारी दिए । अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा कमी आएकाले रिक्त रहेका पदमा भर्ना आह्वान गरिएको उनले बताए ।
सबैभन्दा धेरै स्टाफ नर्स १८ जना, मेडिकल अधिकृत ८ जना, अनमी ४ जना माग गरिएको छ । अस्पतालले लामो समयपछि चिकित्सक र स्वास्थ्यकर्मी सार्वजनिक आह्वान मार्फत माग गरेको हो । यसअघि मेडिकल सुपरिटेण्डेण्टको सिफारिसमा नै कर्मचारी नियुक्त गर्ने गरिएको थियो ।
मेडिकल सुपरिटेण्डेण्ड डा.सुमन प्रसादको समयदेखि विज्ञापन आह्वान गरेर कर्मचारी भर्ना गरिएको छैन । त्यसपछि अस्पतालले पाँच जना मेडिकल सुपरिटेण्डेण्ट पाए पनि कसैले पनि सार्वजनिक सूचनामार्फत कर्मचारी भर्ना नगरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।
कर्मचारी आह्वानका लागि सूचना जारी हुने गरेको भए पनि विवाद ल्याएर स्थगित गर्ने परम्परा रहेको थियो । डा.चित्तरञ्जन साह मेडिकल सुपरिटेण्डेण्ट भएको समयमा नर्सिङका लागि गरिएको विज्ञापन आह्वान विवादका कारण स्थगित हुन पुगेको थियो । अस्पतालमा राजनीति बढी हुँदा मेसुहरुले राजनीतिक दलको आडमा विज्ञापन नै नगरी कर्मचारी राख्ने गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार