कोरोना भाइरसको महामारीले सिङ्गो विश्व आतङ्कित !
नेपालबहस संवाददाता
चैत ५, २०७६ बिहिबार ०:११:१८
५ चैत, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले कोरोना भाइरसको महामारीले सिङ्गो विश्व आतङ्कित भएको बताएका छन् । बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना ‘कोभिड १९’ भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले विश्वव्यापी महामारी घोषणा गरेकाले सिङ्गो विश्व नै आतङ्कित भएको बताएका हुन् ।
सभापति केसीले भनेका छन्, यो महामारीले एकातिर ठूलो मानवीय क्षति भएको र थप अकल्पनीय क्षतिको सन्त्रास फैलिएको छ भने अर्कातिर कतै लक डाउनका कारण उपभोग्य सामग्रीको साँच्चै अभाव त कतै कृत्रिम अभाव र कालोबजारीले जनजीवन कष्टकर हुदै गएको छ । विज्ञप्तिमा अगाडि लेखिएको छ, सङ्कटको यो घडीमा सबैले संयम, सतर्कता र सावधानी अपनाउनु आवश्यक छ । यसको सङ्क्रमण फैलिन नदिन अनावश्यक भ्रमण नगर्नु, भीडभाड र जमघट नगर्नु र खानपान तथा सरसफाइमा सतर्कता अपनाउन नेपाली कांग्रेस नुवाकोट सबैमा हार्दिक अपिल गर्दछ ।
साथै कोरोना भाइरसको सङ्क्रमण र अभावजन्य समस्याबाट आफू बच्नु र अरूलाई बचाउनु सबैको कर्तव्य हो । यो हाम्रो मानवीय धर्म पनि हो । यही शास्वत कर्तव्यलाई मनन् गरी आफ्नो छरछिमेक र वरपरको हालखबर बुझ्ने, वृद्धवृद्धा र बालबालिकालाई सहयोग गर्ने, बजारमा कालोबजारी र कृत्रिम अभाव हुन नदिनेजस्ता कार्य गरी सामाजिक दायित्व निर्वाह गर्न पार्टीका सबै तहका कार्यकर्ता र शुभेच्छुकहरूमा नेपाली कांग्रेस आह्वान गरेको छ केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
केसी विज्ञप्तिद्धारा भन्छन्, पार्टीका स्थानीय समितिहरूले स्थानीय संघसंस्थाहररूलाई समेटी आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन अनुरोध गर्दछु । विश्वको कुनै पनि मुलुकमा रहेका नेपालीहरूलाई सम्बन्धित मुलुकहरूमा रहेका नेपाली दूतावासहरूसँग समन्वय गर्नुहुन र केही समस्या भए आफूले चिनेको कुनै पनि कांग्रेस नेतृत्वसँग सम्पर्क रहि जानकारी गराउनुहुन पनि नेपाली कांग्रेसले यसै विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार