भाइरसको त्रासले पोखरामा खेलकूद गतिविधि बन्द
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १२:५५:२२
६ चैत कास्की । कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन एक हप्ताका लागि रङ्गशाला हाताभित्र सञ्चालन हुँदै आएका खेल गतिविधि, अभ्यास तथा तथा अन्य प्रशिक्षण रोक लगाइएको उल्लेख गरिएको छ ।
जिल्ला खेलकूद समितिका कार्यालय प्रमुख प्रकाश बरालले राष्ट्रिय खेलूकद परिषद्रा ‘राखेप’को निर्देशनअनुसार कोरोनाबाट सचेत र सजग रहन तथा भीडभाड हुन नदिन सबै खेलकूदकर्मीलाई आग्रह गर्दै सो निर्णय गरिएको जानकारी दिए । उनले भने, “ रङ्गशालाभित्र कुनै पनि प्रशिक्षण, सेमिनार तथा गोष्ठी एवं कुनै पनि खेलकूदजन्य गतिविधि नगर्न सम्बन्धित खेल सङ्घ तथा खेलकर्मीमा आग्रह गरेका छौँ । कोरोनाबाट जोगिन रङ्गशालामा हुने गतिविधि पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको हो ।”
राखेपले दुई साताअघि नै भीडभाड हुने कुनै पनि खेलकूद गतिविधि नगर्नसम्बन्धी निकायलाई सूचना जारी गरेको थियो । यहीबीचमा पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भने सञ्चालन भएको थियो । रङ्गशालाभित्र फुटबल, भलिबल, क्रिकेट, आर्चरी, टेनिस, ब्याडमिन्टनलगायतका खेल पूर्वाधार एकै थलोमा रहेकाले खेलाडी तथा खेलकर्मीको भीडभाड हुने गरेको छ ।
अहिले यहाँ रङ्गशालाभित्र निर्माणाधीन फुटबल रङ्गशालाको कामसमेत प्रभावित बनेको छ । भाइरसको त्रासका कारणले मजदूर काममा फर्किन नसकेकाले अतिविशिष्ट कक्षको प्यारापिटमा छानो छाउने तथा प्यारापिटमा थप कुर्सी जडान गर्नेलगायतका रङ्गशालाको निर्माणाधीन काम प्रभावित बनेको फुटबल रङ्गशाला परियोजना प्रबन्धक दीपक बरालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार