टीकापुर नगरपालिकाले बनाउदै २० वर्षे गुरुयोजना
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १९:१७:९
६ चैत, कैलाली । टीकापुर नगरपालिकाको २० वर्षे नगर बृहत् योजना निर्माणको काम अन्तिम चरणमा रहेको छ । बृहत् योजनाको निर्माणको मस्यौदामाथि सरोकारवालासँग छलफल गरी मस्यौदामा भएका विषयबारे जानकारी दिइएको छ ।
योजना निर्माणको काम ९० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । योजनाको मस्यौदामाथि नगरपालिकाका नौ वटै वडास्तरमा सुझाव सङ्कलनको काम सकेर नगरपालिकास्तरीय सुझाव लिइएको छ ।
बृहत् योजनाभित्र २० वर्षे भिजन (सोच) सहित दीर्घकालीन लक्ष्य, प्राथमिकताका क्षेत्र समावेश गरिएका छन् । योजनामा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासनजस्ता विषयगत क्षेत्र समावेश छन् ।
“राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहलाई आफ्नो प्रोफाइल (पाश्वचित्र) बनाउ भनेको छ । सुदूरपश्चिममा टीकापुर एउटा मात्र नगरपालिका हो, जसले पाश्वचित्र निर्माण गरिसकेको छ र बृहत् योजना बनाउँदैछ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, “नगरपालिकाको समग्र वस्तुस्थितिसहितको पाश्वचित्र विसं २०७५ मा निर्माण भइसकेको छ, यो सुदूरपश्चिममै नयाँ प्रयोग हो ।” उहाँले २० वर्षपछिको नगरपालिका कस्तो बनाउने भन्ने रोडम्याप तयार भएको बताएका छन् ।
“योजना निर्माणमा विज्ञले मात्र काम गर्ने चलन छ, यहाँचाहिँ नगरभरिका नौ वटै वडाका ६४१ नगरवासीको सहभागितामा योजना बनाइएको हो”, कमिटेड नेपालका कन्सल्टेन्ट परमानन्द पाण्डेले भने, “अब नगरवासीका सुझाव समावेश गर्न बाँकी छ, अबको एक महिनामा योजना तयार हुन्छ ।”
छलफल कार्यक्रममा स्थानीय गणेश चौधरीले हरेक थारू गाउँमा मरुवा (देउता राख्ने घर) बनाउनुपर्ने बताएका छन् । “थारू समुदायमा गाउँभरिले मान्ने देउता राख्ने चलन छ”, चौधरीले भने, “थारू बाहुल्यता रहेको गाउँमा मरुवा घर आवश्यक छ ।” उनले टीकापुरवासीको औषत आयु कति छ र २० वर्ष औषत आयु टीकापुरवासीको कति पु¥याउने भन्ने कुरा पनि योजनामा समेटिनुपर्ने सुझाव दिएका छन् ।
टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक मीनबहादुर शाहीले सङ्घीय सरकारले राखेका लक्ष्य पनि नगरपालिकाको योजनामा समेटिनुपर्ने बताएका छन् ।
प्रा डा जगत्बहादुर सिंह रावलले योजना निर्माण हुँदा टीकापुरको योजनाबद्ध विकास गर्न सकिने बताए । “योजनाबद्ध विकासका लागि योजना आवश्यक हुन्छ, अब यहाँको विकासले गति लिनेछ”, रावलले भने, “तर योजनाको मस्यौदामाथि बृहत् छलफल आवश्यक छ, यसमा सबै विषय समेट्नुपर्छ ।” बृहत् योजना द एशिया फाउण्डेशनको आर्थिक र कमिटेड नेपालको प्राविधिक सहयोगमा निर्माण भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार