शेयर बजारमा पनि कोरोना त्रास, कारोबार बन्द गर्न माग
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २०:२:३४
६ चैत, काठमाडौं । कोरोना त्रासले दैनिक हुने शेयर कारोबार केही समयका लागि बन्द हुने भएको छ । शेयर कारोबार बन्द गर्नुपर्ने माग राख्दै शेयर लगानीकर्ता संघसंस्थाका प्रतिनिधिहरू नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।
साथै, उनीहरुले क्लोजआउट समस्या समाधानको माग पनि अघि सारेका छन् । लगानीकर्ता संघसंगठनका प्रतिनिधिले केही दिन पहिले पनि बोर्ड अध्यक्षसँग क्लोज आउटसहित पुँजी बजारमा देखिएका अन्य समस्याहरु समाधान गर्न माग गरेका थिए ।
सरकारले बुधबार एक सूचना जारी गर्दै बढी भीडभाड भएको ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन पनि रोक लगाइएको छ । यो सँगै शेयर बजारका लगानीकर्ताले पनि शेयर कारोबार केही समयका लागि स्थगित गर्नुपर्ने माग राखेका हुन् । यता, नेप्सेले पनि कारोबार बन्द गर्ने या अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने भन्ने विषयमा छलफल अघि बढाएको छ ।
यद्दपि, यसको टुंगो भने लागिसकेको छैन । यतिबेला अमेरिका, बेलायत लगायत प्रमुख देशका शेयर बजारहरु खुल्ने समय छोट्याउने कि भन्ने बारेमा चर्चाहरु समेत सुरु भइसकेका छन् । फिलिपिन्सले त अर्को व्यवस्था नभएसम्मका लागि शेयर बजार नै बन्द गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार