मोरङको प्रत्येक नाकामा जाँच प्रक्रियामा कडाइ
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १९:५७:९
६ चैत, मोरङ । कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा हिजोदेखि कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले बताएका छन् ।
उनले नेपाल–भारत ओहोरदोहोर गर्ने सीमावर्ती नाकामा सुरक्षाकर्मीसहितको स्वास्थ्य टोलीबाट कोरोना जाँच शुरु गरेको र कतिपय मानिस जाँच गर्न नमानेर भाग्न खोज्दा पक्रेर जाँच गराइरहेको उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।
सबै भन्दा बढी मानिस ओहोरदोहोर गर्ने रानी भन्सारमा हिजो मात्र १४ हजार मानिस भारतबाट नेपाल छिरेको र यतिका सङ्ख्यामा आउने मानिसलाई कोरोनाको जाँच गर्न राखिएको हेल्थ डेस्कबाट काम गर्न कठिनाइ भइरहेकाले पुग्नेगरी स्वास्थ्यकर्मी, उपकरण र सामग्री व्यवस्था हुनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिएका छन् ।
मोरङको सीमासँग जोडिएको गाउँपालिका र नगरपालिकाका प्रमुख एवं प्रशासकीय अधिकृतलाई सीमा क्षेत्रमा जाँच गर्ने व्यवस्था मिलाउन र सो सम्बन्धमा जनचेतना एवं जागरण हुने सूचना प्रवाह गर्न निर्देशन दिइएको छ । कोरोना भाइरसको त्राससँगै बजारमा हुने कालोबजारीतर्फ प्रशासनको विशेष ध्यान गएको र जनतालाई दैनिक आवश्यकपर्ने उपभोग्य सामग्री उपलब्ध गर्न सम्बन्धित कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएको निमित्त प्रजिअ केशरीले जानकारी दिएका छन् ।
यो भाइरसको महामारीबाट बच्न आम नागरिक सचेत रहनुपर्ने सरसफाइमा ध्यान दिनुपर्ने र शङ्का लागेमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै निमित्त प्रजिअ केशरीले प्रत्येक सरकारी कार्यालयमा हात धुने र सेनिटाइजर गर्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखलाई निर्देशन पनि दिएको छ । यस्तै बजारमा मास्क, ग्यास, इन्धनको अभाव हुन नदिन सम्बन्धित निकायसँग परामर्श भइरहेको र विराटनगर विमानस्थलमा कोरोना जाँच प्रक्रियालाई कडाइ र व्यवस्थित गर्न कार्यालय प्रमुख टेकनाथ सिटौलालाई निर्देशन दिएको छ ।
प्रमुख सिटौलाले विमानस्थल आउने यात्रुसँग पु¥याउन आउने मानिस पनि विमानस्थल कार्यालय भित्रै पस्ने खोज्ने र त्यहाँ जाँच गर्ने पर्याप्त जनशक्ति नभएको र जाँचमा सहयोग गर्ने प्रहरीमा आवश्यक पर्ने सामग्री नरहेकाले समस्या हुने गरेको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार