बन्दीपुर अस्पतालमा आइसोलेसन कक्ष
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २०:५९:१२
६ चैत, तनहुँ । कोभिड – १९ का शङ्कास्पद बिरामीको उपचारका लागि तनहुँको बन्दीपुर अस्पतालमा ‘आइसोलेसन कक्ष ’स्थापना गरिएको छ । अस्पतालमा आठ श्ययाको सो कक्ष निर्माण गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिएका छन् । सो कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको उनले बताएका छन् ।
“गाउँपालिकाले कोरोना भाइरसबाट बच्न सतर्कता अभियान पनि सञ्चालन गरिरहेको छ”, अध्यक्ष थापाले भने । कोरोना भाइरस स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन गाउँपालिकावासीलाई आग्रह गरिएको उनले जानकारी दिएका छन् ।
शुक्लागण्डकी नगरपालिका–५ बलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा केही दिन अगाडि मात्रै १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । आइसोलेसन कक्षलाई २० श्ययासम्म पु¥याउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
व्यावसायिक करमा पचास प्रतिशत छुट
कोरोनाको प्रभावले व्यवसायमा असर परेको भन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा व्यावसायिक करमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
वित्तीय सङ्घसंस्थालाई व्याजदर कम गर्न तथा घरधनीलाई घरभाडा शुल्कमा सहुलियत गर्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिएका छन् । “कोरोना भाइरसको कारण सबै किसिमका व्यवसायमा समस्या भएपछि व्यवसायीलाई हतोत्साही हुन नदिन व्यावसायिक करमा छुट दिने निर्णय गरिएको हो”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार