श्रीमती हत्याको अभियोगमा पक्राउ
नेपालबहस संवाददाता
चैत ६, २०७६ शुक्रबार ०:२५:१७
६ चैत्र, काठमाडौं । श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोली आज बिहान उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बुधबार राति नौ बजेको समयमा ५० वर्षीया श्रीमती गौरा विकलाई घरायसी झगडाका कारण फलामको गैची प्रहार गरी हत्या गरेको अभियोगमा देवीराम विकलाई पक्राउ गरेको बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेका देवीरामले सामान्य विवाद उत्पन्न भएपछि आवेगमा आएर श्रीमतीलाई गैची प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या भएकी श्रीमती गौरा विकको शव बुहारी कल्पना विकलाई प्रहरीले जिम्मा लगाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार