भाेलीदेखि उपत्यकाका पाँच ठाउँमा खाद्यान्न पसल
नेपालबहस संवाददाता
चैत ६, २०७६ शुक्रबार ०:३३:३२
६ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि उपत्यकाका विभिन्न पाँच ठाउँमा खाद्यान्न पसल खोल्ने बताएका छन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को त्रास बढ्दै गएपछि नेपालमा त्यसको अवस्थाको बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले यस्तो बताएका हुन्।
मन्त्री भट्टले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक–दुई दिनमै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खाद्यान्न पसल खोल्न लागेको जानकारी दिए।
मन्त्री भट्टले ४ देखि ६ महिनासम्मका लागि पर्याप्त खाद्यान्न रहेको बताए। नुन १० महिना, चिनी ३ महिना र औषधि ८ महिनालाई पुग्ने मन्त्री भट्टको भनाइ छ। बजारमा ग्याँसको अभाव भएको गुनासो बढिरहेका बेला मन्त्री भट्टले मागभन्दा बढी ग्याँस आपूर्ति भइरहेको दावी गरे।
कालोवजारी गर्नेहरुलाई कारबाही गरी हालसम्म ५६ लाख ३० हजार रुपैयाँ संकलन भएको मन्त्री भट्टले जानकारी दिए। कालोवजारी ऐन अनुसार यसमा संलग्नहरुलाई हदैसम्मको कारबाही गरिने मन्त्री भट्टको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार